काठमाडौं,नेकपा एकालेका अध्यक्ष केपी शर्मा ओलीलाई झापामा कालो झण्डा देखाईएको छ । कोशी प्रदेश नामाकरणको विरोधमा उत्रिएकाहरुले ओलीलाई कालो झण्डा देखाएका हुन् ।
झापामा एमालेले राखेको कार्यक्रमलाई सम्बोधन गर्न ओली झापाको बुद्धशान्ति गाउँपालिकाको बुधाबारेस्थित रामजानकी मन्दिर पुगेका थिए । पहिचानवादीहरुले कोशी प्रदेश चाहिदैन जस्ता नाराहरु लगाएका थिए । प्रहरीले भिडलाई नियन्त्रण लिन खोज्दा सामन्य झडप भएको थियो ।
झडपमा दुई जना प्रहरी र केही प्रदर्शनकारि पनि घाईते भएका थिए । सोहि घटनालाई लिएर नेकपा एमालेले संसदमा आवाज उठाएको छ । एमालेले आफ्नो पार्टीको कार्यक्रममा सरकारले घुसपेट गरेको आरोप लगाएको थियो ।
त्यस्तै,गृहमन्त्री नारायणकाजी श्रेष्ठले आन्दोलनमा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको बताएका छन् । अहिले झापाको अवस्था सामान्य रहेको छ । एकाले अध्यक्ष ओली झापाको कार्यक्रम सकाएर इलाम जाने कार्यक्रम रहेको बुझिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- घरजग्गा किनबेच सहजीकरण र ऋण मिलाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ
- भारतबाट १०० रुपैयाँभन्दा बढीको सामान नेपाल ल्याए भन्सार तिर्नुपर्ने
- आग्रह र पूर्वाग्रह बिना दश वर्षको बजेट समीक्षा गरौँ : पूर्वअर्थमन्त्री शर्मा
- नेपाली समाजमा भ्रष्टाचारको नाङ्गो रुप देखियो : अध्यक्ष नेपाल
- सर्वोच्चद्वारा नागरिकता विधेयक प्रमाणीकरणको प्रतिलिपि झिकाउन आदेश
- कोशी प्रदेशमा गैर शान्तिपूर्ण गतिविधि भए राज्यले छुट नदिने : गृहमन्त्री
- नेपालको राजनीतिक इतिहास माओवादीविना अपुरो : जनार्दन शर्मा
- बजेटमा चरम अन्याय भएको छ : राजेन्द्र पाण्डे
धेरैले पढेको
- धादिङको साना किसान सहकारीमा अनियमितता भएको अदालतको ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया