काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा ३० अर्ब एक करोड ४८ लाख ४० हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको बीमा कम्पनीहरुको पछिल्लो प्रतिवेदनअनुसार १६ वटा निर्जीवन बीमा कम्पनीहरुले दुई लाख ८९ हजार आठ सय ८३ वटा बीमालेख जारी गरी सो रकम बराबरको बीमा शुल्क आर्जन गरेका हुन् ।
प्राधिकरणका अनुसार गत आर्थिक वर्षको सोही अवधिभन्दा बीमा कम्पनीहरुको बीमा शुल्क आर्जन चार दशमलव ५८ प्रतिशतले बढेको छ । बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमा शुल्क रकम २८ अर्ब रुपैयाँ रहेको थियो । प्राधिकरणका अनुसार कुल बीमाशुल्क आर्जनमा शिखर इन्स्योरेन्स सबैभन्दा अगाडि छ । शिखरले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म ३१ हजार नौ सय छवटा बीमालेख जारी गरी चार अर्ब १५ करोड ४८ लाख ५७ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । जुन निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्कको २३ दशमलव ८४ प्रतिशत बढी हो ।
शिखरपछि सगरमाथा लुम्बिनी इन्स्योरेन्स अगाडि देखिएको छ । सगरमाथा लुम्बिनीले २९ हजार छ सय २५ वटा बीमालेख जारी गरी तीन अर्ब ४८ करोड १३ लाख सात हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । चैत मसान्तसम्म नेपाल इन्स्योरेन्सले २१ हजार दुई सय ७६ बीमालेख जारी गरी एक अर्ब ५१ करोड चार लाख ७० हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यस्तै दि ओरियन्टल इन्स्योरेन्सले तीन हजार नौ सय ४९ बीमालेखबाट एक अर्ब सात करोड ३९ लाख २२ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । राष्ट्रिय बीमा कम्पनीले भने छ हजार चार सय २७ वटा बीमालेख जारी गरी एक अर्ब ९९ करोड ५२ लाख दुई हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
नेशनल इन्स्योरेन्स कम्पनीले पनि चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्ममा तीन हजार तीन सय ६५ वटा बीमालेखबाट ७६ करोड ३२ लाख ७२ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । युनाइटेड इन्स्योरेन्स कम्पनीले १२ हजार चार सय ६३ वटा बीमालेखबाट ९५ करोड ३२ लाख १९ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
प्राधिकरणका अनुसार नेको इन्स्योरेन्सले पनि पछिल्लो अवधिमा २६ हजार छ सय ३४ वटा बीमालेखा बिक्री गरी कुल दुई अर्ब २६ करोड ३१ लाख नौ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । प्रभु इन्स्योरेन्सले ११ हजार छ सय १८ वटा बीमालेखा जारी गरी एक अर्ब १५ करोड ४९ लाख १३ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । आईएमई जनरल इन्स्योरेन्सले पनि १२ हजार पाँच सय ७९ वटा बीमालेखा जारी गरी एक अर्ब ४२ करोड २२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले १४ हजार सात सय ३९ वटा बीमालेख जारी गरी एक अर्ब चार करोड ५१ लाख २६ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
एनएलजी इन्स्योरेन्सले पछिल्लो अवधिमा २२ हजार ५६ वटा बीमालेख जारी गरी एक अर्ब ८१ करोड १२ लाख ६८ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यसैगरी अजोड इन्स्योरेन्सले पनि १२ हजार नौ सय १३ वटा बीमालेख जारी गरी एक अर्ब ४४ करोड ३२ लाख ६० हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । प्राधिकरणका अनुसार हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले २९ हजार पाँच सय ७८ वटा बीमालेखबाट दुई अर्ब २९ करोड ४९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
सानिमाजीआईसी इन्स्योरेन्स कम्पनीले पनि १९ हजार १८ बीमालेखबाट एक अर्ब ६५ करोड ४६ लाख ८३ हजार रुपैयाँबराबरको बीमा शुल्क आर्जन गरेको छ ।
यसैगरी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले चैत मसान्तसम्म ३१ हजार सात सय ३७ बीमालेखबाट तीन अर्ब ३५ करोड २५ लाख १६ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- घरजग्गा किनबेच सहजीकरण र ऋण मिलाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ
- भारतबाट १०० रुपैयाँभन्दा बढीको सामान नेपाल ल्याए भन्सार तिर्नुपर्ने
- आग्रह र पूर्वाग्रह बिना दश वर्षको बजेट समीक्षा गरौँ : पूर्वअर्थमन्त्री शर्मा
- नेपाली समाजमा भ्रष्टाचारको नाङ्गो रुप देखियो : अध्यक्ष नेपाल
- सर्वोच्चद्वारा नागरिकता विधेयक प्रमाणीकरणको प्रतिलिपि झिकाउन आदेश
- कोशी प्रदेशमा गैर शान्तिपूर्ण गतिविधि भए राज्यले छुट नदिने : गृहमन्त्री
- नेपालको राजनीतिक इतिहास माओवादीविना अपुरो : जनार्दन शर्मा
- बजेटमा चरम अन्याय भएको छ : राजेन्द्र पाण्डे
धेरैले पढेको
- धादिङको साना किसान सहकारीमा अनियमितता भएको अदालतको ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया