Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकार दुर्घटनामा दुईको मृत्यु, एक घाइते

कार दुर्घटनामा दुईको मृत्यु, एक घाइते


कमलामाई । कमलामाई नगरपालिका–३ पिपलभञ्ज्याङभन्दा तीन घुम्तीमाथि बिपी राजमार्गमा कार दुर्घटना भएको छ । आइतबार बिहान सिन्धुलीमा भएको कार दुर्घटनामा दुईको घटनास्थलमै मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

बा८च ९१३५ नं.को रातो ग्रेटवाल कार काठमाडौँबाट सिन्धुलीमाडीतर्फ जाँदै गर्दा दुर्घटनामा परी कार चालक झापा चारपाने बस्ने ४३ वर्षीय कुमार पुरी र साविक सिन्धुलीको कपिलाकोट घर भई हाल काठमाडौँ महानगरपालिका गौरीघाट बस्ने ३८ वर्षीया साहारा प्रसाईँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए ।

चिरञ्जीवी दाहालका अनुसार गम्भीर घाइते अवस्थामा रहेका प्यूठान नगरपालिका–८ का ३३ वर्षीय योगेन्द्र थापालाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ । कार अनियन्त्रित भइ सडकबाट बायाँतर्फ २० मिटर तल भिरमा खसेको थियो ।


क्याटेगोरी : प्रदेश समाचार, बागमती प्रदेश, समाचार

तपाईको प्रतिक्रिया