Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारट्रक पल्टिदा ३ जनाको मृत्यु, ५ जना घाइते

ट्रक पल्टिदा ३ जनाको मृत्यु, ५ जना घाइते


तनहुँ । बुधबार बिहान तनहुँमा ट्रक पल्टिएर घरमा ठोक्किंदा ३ जनाको मृत्यु भएको छ भने बाँकी ५ जना घाइते भएका छन् ।

जिल्ला तनहुँ बन्दीपुर गाउँपालिका वडा नं. ५ आँधीखोलास्थित पृथ्वी राजमार्ग सडक खण्डमा डुम्रेबाट मुग्लिनतर्फ जाँदै गरेको ना. ४ ख १९७३ नं.को ट्रक अनियन्त्रित भई सडकको छेउमा रहेको सुनमाया भुजेल र सनबहादुर भुजेलको घरमा ठोक्किएको थियो ।

दुर्घटनामा ८ जना घाइते भएका सबैलाई उपचारको लागि चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुर पठाइयो । उपचारको क्रममा अस्पतालमा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

मृत्यु हुनेमा तनहुँ बन्दीपुर गाउँपालिका वडा नं. १ बस्ने वर्ष १२ को आयुस भुजेल, वर्ष ५० को चेतबहादुर घर्ती र अन्दाजी ६९ वर्षका सनबहादुर भुजेल रहेको खाँणले बताए । ५ जना घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया