Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमुलुकको प्रायः क्षेत्रमा आवश्यक वस्तु र पेट्रोलियम पदार्थ मौज्दात

मुलुकको प्रायः क्षेत्रमा आवश्यक वस्तु र पेट्रोलियम पदार्थ मौज्दात


काठमाण्डौं,चैत २३

सरकारले लकडाउनको समयमा अति आवश्यक वस्तु तथा इन्धनको अभाव हुन नदिनको लागि यसको व्यवस्थापनमा निरन्तर लागेको छ । मुलुकलाई कोरोना भाइरस (कोभिड १९) बाट सुरक्षित राख्नको लागि मन्त्रिपरिषद्ले गत आइतबार दोस्रो पटक लकडाउनको समयावधि थप गर्दै चैत २५ गते राति १२ बजेसम्म लकडाउन कायम रहने बताएको छ । लकडाउनको अवधिमा अति आवश्यक वस्तु र इन्धनको अभाव हुन नदिनको लागि सरकारले मुलुकका सुगम तथा दुर्गम लगायतको स्थानमा आवश्यक वस्तुहरु खाद्यान्न, तरकारी, फलफूल, मासु, दुध तथा दुधजन्य पदार्थ, पानी, साबुनलगायतका सरसफाइका वस्तुहरु, चिनी, तेल, शिशु आहार, पशुपन्छीजन्य आहार तथा डिजेल, पेट्रोल, मट्टितेल, हवाइ इन्धनलगायतका वस्तुहरुको मौज्दात रहेको जनाएको छ ।यता उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार नागरिकलाई आवश्यक पर्ने वस्तु तथा इन्धनको आयात, बिक्री तथा मौज्दात राख्ने कामलाई निरन्तरता दिइएको छ । पछिल्लो समय मन्त्रालयले काठमाडौं उपत्यकाका साथै दुर्गम पहाडी जिल्लाहरुमा समेत चामल, नुन, चिनी, सिमी तथा पेट्रोलियम पदार्थलगायतका सामग्रीहरुको नियमित आयात, बिक्रीवितरण र मौज्दात रहेको जनाएको छ ।मन्त्रालयका अनुसार २३ हजार पाँच सय ६१ मेट्रिक टन चामल, ९३ हजार आठ सय ८२ क्वीन्टल धान, ३४ हजार ९८ क्विन्टल चामाल, तिते फापर छ सय ७० क्विन्टल, छ सय ५४ क्विन्टल जुम्लाको सिमी ७० लाख छ हजार छ सय ५८ किलो चिनी, ३० हजार आठ सय ६१ क्विन्टल भानु नुन तथा एक लाख ६३ हजार पाँच सय १० मेट्रिक टन नुन मौज्दात रहेको जनाएको छ । नुनको हकमा भने ४५ हजार मेट्रिक टन आयातको क्रममा र एक लाख १८ हजार पाँच सय १० मेट्रिक टन विभिन्न जिल्लामा मौज्दात रहेको छ । सो अनुसार मौज्दात रहेको चामल तीन महिनालाई तथा नुन १० महिनालाई धान्न सक्नेछ । बिर्तामोडमा नौ हजार पाँच सय २४ क्विन्टल, विराटनगरमा एक हजार आठ सय ९८ क्विन्टल, लहानमा छ हजार नौ सय ३३ क्विन्टल, जनकपुर ७५ क्विन्टल, वीरगञ्जमा १३ हजार दुई सय ६२ क्वीन्टल, भैरहवा तीन हजार पाँच सय क्विन्टल, पोखरामा एक हजार क्विन्टल, सुर्खेतमा १३ हजार सात सय ६५ क्विन्टल, तुल्सीपुरमा नौ सय ६९ क्विन्टल, नेपालगञ्ज २७ हजार ९७ क्विन्टल, धनगढीमा एक हजार छ सय ५७ क्विन्टल, काठमाडौंमा २३ हजार सात सय ८६ क्विन्टल तथा २३ वटा दुर्गम जिल्लामा ३४ हजार ९८ क्विन्टल चामल मौज्दात रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै ताप्लेजुङमा सात सय तीन क्विन्टल, संखुवासभा दुई सय ४५ क्विन्टल, भोजपुरमा तीन सय ७५ क्विन्टल, सोलुखुम्बु एक सय क्विन्टल, खोटाङमा सात सय ८५ क्विन्टल, ओखलढुंगा चार सय ७५ क्विन्टल, गोरखा एक हजार सात सय आठ क्विन्टल, मनाङमा छ सय १३ क्विन्टल, मुस्ताङमा दुई सय २४ क्विन्टल, रोल्पामा सात सय १० क्विन्टल, पश्चिम रुकुममा दुई सय १८ क्विन्टल, जाजरकोट एक सय ३० क्विन्टल, मुगुमा तीन हजार छ सय १२ क्विन्टल, डोल्पामा छ हजार तीन सय ८१ क्विन्टल, कालीकोटमा तीन हजार पाँच सय ९६ क्विन्टल, बाजुरामा एक हजार एक सय चार क्विन्टल, जुम्ला दुई हजार सात सय छ क्विन्टल, हुम्लामा तीन हजार छ सय १७ क्विन्टल, बझाङमा सात सय ५५ क्विन्टल, अछाममा चार सय क्विन्टल, दैलेखमा एक हजार एक सय दुई क्विन्टल, दार्चुलामा तीन सय ९० क्विन्टल चामल मौज्दात छ ।मन्त्रालयले लकडाउनका कारण नागरिकहरुलाई खाद्यन्न, नुन, चिनीलगायतको सामग्रीको अभाव झेल्न नपरोस् भनेर मुलुकको विभिन्न क्षेत्रमा पु¥याएको बताएको छ । यस्तै सुर्खेतमा ६० क्विन्टल तिते फापर जुमलको सिमी ६५ क्विन्टल, काठमाडौंमा ६१० क्विन्टल तिते फापर, पाँच सय ८९ क्विन्टल सिमी मौज्दात छ । तिते फापर र जुम्लाको सिमी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुर्खेत र काठमाडौंबाट बेच्दै आएको छ ।साल्ट ट्रेडिड कर्पोरेसन लिमिटेडको विभिन्न डिपोमा चिनी मौज्दात रहेको जानकारी दिएको छ । लिमिटेडका अनुसार कालीमाटीमा २९ लाख ४५ हजार किलो, कोटेश्वरमा एक हजार पाँच सय ३० किलो, बनेपामा एक हजार सात सय ७८ किलो, भक्तपुरमा १२ हजार आठ सय किलो, विराटनगरमा दश हजार आठ सय किलो, वीरगञ्जमा ३९ लाख ५५ हजार चार सय किलो, भैरहवामा ३७ हजार किलो, नेपालगञ्जमा २१ हजार किलो, जनकपुरमा तीन हजार छ सय किलो र नारायणगढमा चार हजार दुई सय ५० गरी कुल कुल एक लाख ४० हजार एक सय ३३ बोरा तथा ७० लाख छ हजार ५८ किलो चिनी मौज्दात छ ।

चामल, चिनी, सिमीलगायतका सामग्रीको साथै नुन पनि दुर्गम क्षेत्रमा समेत मौज्दात राखेको छ । भानु नुन संखुवासभामा एक हजार आठ सय ७७ क्विन्टल, सोलुखुम्बुमा एक हजार तीन सय ९४ क्विन्टल, मनाङमा दुई सय क्विन्टल, मुस्ताङमा पाँच सय १४ क्विन्टल, अछाममा एक सय ८० क्विन्टल, बाजुरामा तीन हजार नौ सय ३७ क्विन्टल, दार्चुला आठ सय क्विन्टल, बझाङमा दुई हजार दुई सय २० क्विन्टल, हुम्लामा चार हजार छ सय क्विन्टल, मुगुमा तीन हजार ९३ क्विन्टल, जुम्लामा तीन हजार पाँच सय ४२ क्विन्टल, कालिकोटमा दुई हजार चार सय ७३ क्विन्टल, डोल्पामा दुई हजार आठ सय ९९ क्विन्टल, जाजरकोटमा तीन सय एक क्विन्टल, रोल्पामा एक सय ५७ क्विन्टल, रुकुममा नौ सय १५ क्विन्टल मौज्दात रहेको छ ।भण्डारण क्षमता पर्याप्त नभए पनि सरकारले पेट्रोलियम पदार्थ भण्डारण केन्द्रहरुमा भण्डारणका साथै सधैँजसो आपूर्ति तथा नियमित बिक्रीवितरण गर्ने गरेको जनाएको छ । डिजेल पाइपलाइनबाट ७९ हजार चार सय ९४ किलोलिटर आपूर्ति, ६७ हजार छ सय ५७ किलोलिटर बिक्री तथा ३९ हजार आठ सय १२ किलोलिटर मौज्दात छ भने पेट्रोल २५ हजार ५६ किलोलिटर आपूर्ति, २२ हजार दुई सय १६ किलोलिटर बिक्री तथा पेट्रोल सात हजार चार सय ९४ किलोलिटर मौज्दात रहेको जनाएको छ ।मट्टितेल आठ सय २० किलोलिटर आपूर्ति, पाँच सय ८६ किलोलिटर बिक्री, दुई हजार पाँच सय ९४ किलोलिटर मौज्दात तथा हवाइ इन्धन चार हजार १६ किलोलिटर आपूर्ति, तीन हजार एक सय ९६ किलोलिटर बिक्री तथा सात हजार एक सय एक किलोलिटर मौज्दात रहेको छ । एलपी ग्यास ४५ हजार तीन सय ८१ मेट्रिक टन आपूर्ति तथा ४५ हजार तीन सय ८१ मेट्रिक टन बिक्री भएको जनाएको छ । ग्यास भने उपत्यकाको २५ वटा डिलरबाट बिक्रीवितरण भइरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया