स्वदेशी उत्पादन बढाउने नीति तथा कार्यक्रम ल्याउन आग्रह
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले स्वदेशी उत्पादनलाई बढावा दिने गरी नीति तथा कार्यक्रम ल्याउन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठलाई आग्रह गरेका छन् । बुधबार आयोगका उपाध्यक्ष श्रेष्ठसँगको भेटवार्तामा मुख्यमन्त्री चौधरीले स्वदेशी उत्पादन प्रवर्द्धन हुने र रोजगारी सिर्जना हुने गरी नीति तथा कार्यक्रमहरु बनाउन भूमिका खेल्न आग्रह गरेका हुन् ।
मुख्यमन्त्री चौधरीले अहिले विदेशी मदिरा बजारमा छ्याप्छ्याप्ती रहेको तर नेपालमै उत्पादन हुने मदिराको कुनै मूल्य नरहेको बताए । ‘कोरियाबाट आउने छ्याङ हामी किन्छौँ, अनि यहाँ थारुको घरमा बनेको चाहिँ घोप्ट्याउनुपर्ने स्थिति छ’, उनले भने, ‘यसको अन्त्य गरेर मास बेसमा स्वदेशी उत्पादन बढाउने र रोजगारी सिर्जना गर्ने नीति ल्याउनुपर्छ ।’ मुख्यमन्त्री चौधरीले स्वदेशी उत्पादनहरु धेरै राम्रा भए पनि हामीले बजारीकरण गर्न नसकेकोले नीति तथा कार्यक्रममार्फत प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
भेटमा उपाध्यक्ष श्रेष्ठले आन्तरिक उत्पादनहरु बढाउनु नै अहिलेको आवश्यकता रहेको बताए । अर्थतन्त्रलाई बलियो बनाउनका लागि पनि स्वदेशी उत्पादनलाई जोड दिनुपर्ने उनको भनाइ थियो । स्वदेशी उत्पादन र रोजगारी सिर्जना हुने परियोजनालाई जोड दिएर अर्थतन्त्रलाई बलियो बनाउनुपर्ने उनले बताए । ‘मास बेस इन्कम जेनेरेट हुने गरी काम गर्नुप-यो’, उपाध्यक्ष श्रेष्ठले भने, ‘भइरहेको भन्दा केही नयाँ गर्नुपर्छ भन्ने छ, हामी उत्पादन र रोजगारीका लागि केही गर्छौँ ।’
क्याटेगोरी : प्रदेश समाचार, लुम्न्बिनी प्रदेश, समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
- समसामयिक राजनीतिक व्यङ्ग्य
- विपन्न गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड
- दश प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन
- राष्ट्रिय योजना आयोगले पायो पूर्णता
- पाकिस्तानको मुद्रास्फीति दरमा नयाँ रेकर्ड
- अन्तत : ५३ बिन्दुले उक्लियो सेयर बजार
- तनाव कम गर्न चीनसँग वार्ता आवश्यक : अमेरिका
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया