काठमाडौं । कोशी करिडोरअन्तर्गत खाँदबारी किमाथांका सडकको च्याम्ताङ्ग–घोङ्घप्पा खण्डको कडा चट्टानमा नेपाली सेनाले ट्र्याक खोल्न कठिन संघर्ष गरिरहेको छ । सरकारले नेपाली सेनालाई सो सडकको करिब साढे दश किलोमिटर खण्ड ट्र्याक खोल्ने जिम्मा दिएको छ । जिम्मा पाएकोमध्ये चालू आर्थिक वर्षभित्र साढे छ किलोमिटर ट्र्याक खोलिसक्ने सेनाको योजना छ ।
भारतीय सीमा मोरङको रानीदेखि चीनको सीमा क्षेत्र संखुवासभाको किमाथांका जोड्ने कोशी करिडोरको च्याम्ताङ्गको साढे दश किलोमिटर सडक सबैभन्दा जटिल भूगोलमा पर्छ । सोही कारण उक्त खण्डको ट्र्याक खोल्न सरकारले सेनालाई जिम्मा दिएको हो ।
सेनाले उक्त खण्डमा सडकको ट्र्याक खोल्न किन धेरै समय लागिरहेको छ भन्नेबारे जानकारी दिन बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव (सुई) भीमार्जुन अधिकारी, सडक विभागका उपमहानिर्देशक रामहरि पोखरेल, रक्षा मन्त्रालयका उपसचिव बद्री प्रसाद अर्याल लगायतको टोलीलाई स्थलगत अवलोकन गराएको थियो ।
भौगोलिक जटिलताको कारण संखुवासभाको सदरमुकाम खाँदबारीबाट ट्याक्टरमा समेत सामान लैजान नसकिने भएको कारण उक्त खण्डमा ट्र्याक खोल्न धेरै संघर्ष गर्नुपरेको उपमहानिर्देशक पोखरेलले जानकारी दिए । ‘ज्यादै जटिल छ । तर, सेनाले संघर्षपूर्ण तरिकाले काम गरेको देखिन्छ’, पोखरेलले भने ।
भारतीय सीमादेखि चीनको सीमा किमाथांकासम्म करिब तीन सय ९० किलोमिटर लामो उक्त सडकको सबैभन्दा जटिल भूगोलमा नेपाली सेनाले ज्यान नै जोखिममा पारेर ट्र्याक खोल्ने काम गरिरहेको छ । उक्त कोशी करिडोरको मोरङको रानीदेखि धरानसम्मको ४९ किलोमिटर सडकलाई छ लेनको फराकिलो बनाउने काम पनि जारी छ । धरानदेखि खाँदाबारीसम्म भने दुई लेनको सडक हुनेछ । रानी–किमाथांका सडकको लागत १० अर्ब ५८ करोड तोकिए पनि समयमा पूरा नहुँदा त्यसको लागत दोब्बर पुग्ने अनुमान छ ।
कोशी करिडोर निर्माण पूरा भएमा नेपालको चीनसँग मात्र होइन भारत र चीनको व्यापार पनि त्यही मार्गबाट हुने देखिन्छ । किनकि चीनले किमाथांकाको पारी आफ्नो भूमिमा सडक स्तरोन्नति गरिसकेको छ । यो मार्ग सञ्चालनमा आउनसके पूर्वी नेपाललाई चीनसँगको व्यापारका लागि अन्य नाका तथा मार्ग प्रयोग नै गर्नुपर्दैन ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- नेपालको राजनीतिक इतिहास माओवादीविना अपुरो : जनार्दन शर्मा
- बजेटमा चरम अन्याय भएको छ : राजेन्द्र पाण्डे
- ‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ प्रदर्शनमा
- ह्याकरको अनधिकृत प्रवेश भएपछि हवाई टिकटमा सचेत गराउन थालियो
- ब्याजदर यथावत राख्ने आरबीआईको निर्णय
- अफगानिस्तानका प्रान्तीय गभर्नरको अन्त्येष्टि भइरहँदा विस्फोट
- नर्भिक अस्पतालमा ‘फ्रि न्युरो क्याम्प’ हुने
- सल्युट गोर्खा ट्रेनिङका सञ्चालक दुबईमा सम्मानित
धेरैले पढेको
- धादिङको साना किसान सहकारीमा अनियमितता भएको अदालतको ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया