निर्वाचनबारे समीक्षा जरुरी : नेता कोइराला
चितवन । नेपाली कांग्रेसका नेता प्रा. डा. शशाङ्क कोइरालाले उपनिर्वाचनको परिणामबारे गम्भीर समीक्षा हुन जरुरी रहेको बताएका छन् । शुक्रबार पत्रकारहरुसँगको कुराकानीमा उनले उपनिर्वाचनमा हार बेहोर्नुको कारण केन्द्रीय समितिबाट खोजिनुपर्ने बताए ।
उनले रासससँग भने, “हाम्रो लोकप्रियता खस्किँदै गएको हो कि भन्ने विषयमा गम्भीर समीक्षा जरुरी छ ।” पुराना पार्टीको लोकप्रियता खस्कँदै जाँदा नयाँ शक्तिहरुको उदयमान हुनसक्ने सम्भावना रहेको उनको भनाइ छ ।
उनले थपे, “अब हामीले पनि नयाँ नीति बनाउनुपर्ने हो कि भन्ने देखिन्छ ।” उपनिर्वाचनमा आन्तरिक कमजोरीका कारण हार बेहोर्नु परेको उनको अनुमान छ । अहिले पार्टीभित्रको असन्तुष्टि भनेको मन्त्रिमण्डल विस्तारमा देखिएको उनले बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ओडिशा रेल दुर्घटनामा नेपाली नागरिक परे-नपरेको बुझ्ने काम जारी: नेपाली दूतावास
- गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
- समसामयिक राजनीतिक व्यङ्ग्य
- विपन्न गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड
- दश प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन
- राष्ट्रिय योजना आयोगले पायो पूर्णता
- पाकिस्तानको मुद्रास्फीति दरमा नयाँ रेकर्ड
- अन्तत : ५३ बिन्दुले उक्लियो सेयर बजार
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया