नकारात्मक प्रवृत्तिलाई सकारात्मक बनाउन संस्थाको भूमिका महत्वपूर्ण : सञ्चारमन्त्री
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गोरखापत्र प्रकाशन भएको १२३औँ र संस्थानको ६१औँ वार्षिकोत्सवको अवसरमा आइतबार आयोजित समारोहलाई सम्बोधन गर्दै उनले सरकारले गरिरहेका सकारात्मक कामलाई व्यवस्थित ढङ्गले जनता समक्ष पु-याउन आग्रह गरिन्। उनले पछिल्ला दिनमा स्थापित हुँदै गएको नकारात्मक प्रवृत्तिलाई सकारात्मक बनाउन पनि यस्ता संस्थाको भूमिका महत्वपूर्ण रहेको बताइन् ।
मन्त्री शर्माले आम सञ्चार प्रतिष्ठान ऐन तथा अन्य ऐनलाई अन्तिम चरणमा पु-याइएको जानकारी दिइन् । आम समुदायमा आशाको भाव पैदा गर्ने काममा सञ्चारमाध्यमले विशेष ध्यान दिन जरुरी रहेको उल्लेख गर्दै उनले सकारात्मक प्रवृत्तिलाई विशेष स्थान दिनुपर्ने बताइन् । आर्थिक र जनशक्ति व्यवस्थापन दुवै हिसाबले आन्तरिक व्यवस्थापन सवल बनाउन सके गोरखापत्र संस्थानको भविष्य उज्यालो रहेको बताएकी छिन् ।
मन्त्री शर्माले गोरखापत्र संस्थानको संरचनागत अवस्था र यसको व्यवस्थापकीय पक्षको गहिरो अध्ययन गरी भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन, बजारको अवस्था र प्रतिफलको लेखाजोखा गर्नुपर्ने समय आइसकेको स्पष्ट पारिन् ।
“सामान्यतः गोरखापत्र राज्यको अखबार हो । यसले पत्रकारितामार्फत सरकार र आमजनताका बिचमा सम्बन्धको जोड्ने काम गर्नु पर्दछ । पत्रकारिताका आधारभूत मूल्य मान्यतालाई आत्मसात गर्दै समग्रमा राज्यलाई नीति नियमलाई जनताबिच लैजाने र जनताका आवश्यकता राज्यसम्म पु-याउने काममा यसले आफ्ना उत्पादन केन्द्रित गर्नु आवश्यक छ”, उनले भनिन् ।
संस्थानको आम्दानी वृद्धिको स्रोत बनाउनतिर ध्यान दिन आग्रह गर्दै शर्माले भनिन्, “अहिलेको प्रतिस्पर्धात्मक बजारमा आफूलाई अझ खरो रुपमा उतार्न यो संस्थाले अझ जिम्मेवार, व्यवसायिक तथा विश्वसनीय भएर आफूलाई प्रस्तुत गर्नुपर्छ ।”
मन्त्री शर्माले भूकम्पबाट क्षतिग्रस्त पुरानो मूल भवनको पुनःनिर्माण तथा लामो समयदेखि अल्झिएको विनियावलीलाई चाँडो टुङ्गो लगाएर कर्मचारीको वृत्तिविकासलाई सुनिश्चित गर्न मन्त्रालयबाट पहल भइरहेको उल्लेख गरिन् ।
संस्थानमा कार्यरत कर्मचारीलाई विश्वासमा लिएर आन्तरिक समस्या समाधानका लागि प्रभावकारी पहल गर्न उनले व्यवस्थानलाई निर्देशन दिइन् । वि.सं १९५८ वैशाख २४ गते गोरखापत्र प्रकाशन भएको दिनलाई नेपाली पत्रकारिताको आरम्भिक दिन मानेर नेपाल सरकारले २०७३ देखि वैशाख २४ लाई राष्ट्रिय पत्रकारिता दिवसका रूपमा मनाउन थालेको छ ।
हरेक वर्षको वैशाख २४ को दिन नेपाली पत्रकारिता र सञ्चार क्षेत्रका लागि महत्वपूर्ण दिन हो । आजभन्दा १२२ वर्षअघि आजकै दिन गोरखापत्र साप्ताहिकको प्रकाशन सुरु भएर अखबारी पत्रकारिताको जग हालिएको थियो । गोरखापत्र दक्षिण एसिया क्षेत्रमा नै पुराना अखबारको हाराहारीको पत्रिका हुनु हाम्रा लागि गौरवको विषय भएको मन्त्री शर्माको भनाइ छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट प्रस्तुत (पूर्ण पाठ)
- विदेशी लगानीकर्ताको सहभागितामा पूर्वाधार फण्ड स्थापना गरिने
- कृषिमा दर्जनौँ नयाँ कार्यक्रम
- पशुपन्छीको महामारी नियन्त्रणका लागि भ्याक्सिन उत्पादन गरिने
- गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
- स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान एक खर्ब ४६ अर्ब र सःशर्त अनुदान दुई खर्ब २७ अर्ब
- अर्थतन्त्रलाई गतिशील र फराकिलो बनाइनेछ : अर्थमन्त्री डा. महत
- प्रोत्साहन भत्ता र अतिरिक्त भत्ता खारेज
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया