विराटनगर । सुपारीको बिक्रीबाट आफूुले पाउनुपर्ने ८० करोड रूपैयाँ विराटनगरका व्यापारी प्रदीप मुरारका र दिनेश राठीले नदिएको भन्दै झापाको विर्तामोडका व्यापारी प्रदीप मित्तलले मोरङ व्यापार संघ र उद्योग संगठनमा उजुरी दिएपछि नयाँ रहस्यहरु खुल्दै गएका छन् । सुपारी कारोबार प्रकरणमा सौर्य एयर पनि मुछिएको छ ।
सौर्य एयरलायन्सका सञ्चालकहरु दिपक पोखरेल, दिनेश राठी र सञ्जय अग्रवालहरु एयरलायन्स कम्पनी पटक–पटक घाटामा गएपछि सेटिङमा सुपारी आयात गर्न थालेका थिए । उनीहरुले एयरलायन्सको घाटा सुपारी कारोबारमार्फत पूर्ति गरेको स्रोतको दाबी छ ।
सौर्यका मुख्य सञ्चालक दिपक पोखरेलले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग सेटिङ मिलाएर झापाका सुपारी कारोबारी प्रदीप मित्तल, गोविन्द सरिया र विराटनगरका प्रदीप मुरारकालाई पार्टनर बनाएर इण्डोनेसियाबाट २५ हजार टन सुपारी आयात गरेका थिए । सोही सुपारी उनीहरूले नेपालमा उत्पादन भएको भन्दै भारत निकासी गरी पाँच अर्ब ४६ करोड कमाएको सुपारी कारोबारी प्रदिप मित्तलको दाबी छ । सोही सुपारीको बिक्रीबाट कारोबारी आफूले पाउनुपर्ने ८० करोड रकम प्रदीप मुरारका र दिनेश राठी मिलेर खाएको र हिसाब माग्दा नदिएपछि बाध्य भएर मोरङ व्यापार संघमा लिखित उजुरी दिएको उनले बताए ।
सुपारीको आयात गर्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँगै डिल गरेर ४५ करोडभन्दा बढी नै रकम कबोल गरेको दाबी पनि स्रोतको छ । सोही सुपारी कारोबारको हिस्सा कारोबारी मित्तलले आफ्ना साझेदारी मुरारका र राठीसँग माग गरेपछि सुपारीभित्रको आन्तरिक रहस्य बाहिरिन सुरु भएको हो । मुरारका र राठीले मित्तलको २० प्रतिशतको हिस्सा बाँडेर लिएको विराटनगरका व्यापारी स्रोतले बताएको छ । सोही सुुपारी आयात भइसकेपछि भारत निर्यात गर्ने क्रममा केपी ओलीको सरकार हटेर शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएका कारणले करिब एक महिनासम्म राजस्व अनुुसन्धान कार्यालय सुनसरीले सुपारी रोकेर राखेको थियो । तर सो सुुपारीलाई आरजु देउवासँग कुरा मिलेपछि मात्रै राजस्व कार्यालय सुनसरीले निकासी दिइएको दाबी पनि स्रोतले गरेको छ ।
यसरी सरकारी राजस्वमा घोटाला गरेको घट्ना सार्वजनिक हुुँदासम्म पनि सुपारी बिक्रीको हिसाबको उजुरी अदालत वा सम्बन्धित सरकारी निकायमा जान किन सकिरहेको छैन भन्ने चर्चा यतिबेला स्थानीय व्यापारीहरुबीच भइरहेको छ । प्रतिकिलो एक सय रूपैयाँ भन्सार, एक सय रूपैयाँ अन्तःशुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि करबापतको राजस्व तिरेर पनि सुपारीमा प्रतिकिलो दुई सयसम्म नाफा हुने भएकाले सुपारी आयात गर्ने कारोबारीले सरकारसँग सेटिङ गरी जति रकम तिरेर भए पनि सुपारीको आयात गर्ने दाउमा लागि रहने स्रोतको दाबी छ । अहिले फेरि प्रचण्ड नेतृृत्वको सरकारसँग पनि सोही सुपारीका कारोबारीले नै नयाँ समूह बनाएर पोस्तादाना र सुपारी आयात गर्ने खेलमा लागेका छन् । नयाँ समूहमा प्रदीप मुरारकालाई भने नराखिएको स्रोतको दाबी छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- नयाँ कानुन अनुसार नागरिकता वितरण ‘तत्काल कार्यान्वयन नगर्न’ सर्वोच्च अदालतको आदेश
- ओडिशा रेल दुर्घटनामा नेपाली नागरिक परे-नपरेको बुझ्ने काम जारी: नेपाली दूतावास
- गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
- समसामयिक राजनीतिक व्यङ्ग्य
- विपन्न गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड
- दश प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन
- राष्ट्रिय योजना आयोगले पायो पूर्णता
- पाकिस्तानको मुद्रास्फीति दरमा नयाँ रेकर्ड
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया