उडिरहेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि…
काठमाडौं । भैरहवाबाट काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको जहाज बीच बाटोबाटै भैरहवा फर्किएको छ । उडान नम्बर एसएचए ८२२ नम्बरको ८० सिट क्षमताको –एस ८ जहाज भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट २० माइल दुरीमा पुग्दा प्राविधिक समस्या देखिएपछि पुनः सोही विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार श्री एयरलाइन्सको जहाजको ल्याडिङ् गियरमा समस्या देखिएकाले पुनः गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको थियो । अवतरणका क्रममा धावनमार्गमै जहाज अड्किएकोमा सो जहाजको प्राविधिक मर्मतपछि धावनमार्गबाट निकालेर विमानस्थलको उडान सामान्य भइसकेको प्रवक्ता सिटौलाले राससलाई जानकारी दिए ।
उक्त जहाज भैरहवाबाट बिहान करिब ९ः४० बजे काठमाडौँ उडेको थियो । उडानभरेको केहीसमयमै जहाजमा प्राविधिक समस्या देखिएपछि विमानचालक (पाइलट) ले जहाजलाई भैरहवा फर्काएर अवतरण गराएका थिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, समाचार
ताजा अपडेट
- राष्ट्र विरोधी अपराधमा संलग्न व्यक्तिलाई कारबाही गर्नुपर्छ : महेश बर्तौला
- नेपालको समग्र हितको रक्षापछि मात्र संसदको गतिरोध अन्त्य हुन्छ : ओली
- रियलमीद्वारा नार्जो एन–५३ र नार्जो एन–५५ सार्वजनिक
- ‘भिभो ५जी टक’ कार्यक्रम
- टेलिकमको नयाँ सेवा
- छत्रपाटी निशुःल्क चिकित्सालयको सचेतना -याली
- बजेटले लगानी प्रोत्साहन र माग वृद्धि गर्नेमा शंका : परिसंघ
- मोबाइल किन्ने दुई जनालाई थाइल्यान्ड भ्रमणको अवसर
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया