काठमाडौं । कुल बीमा शुल्क संकलन झण्डै तीन प्रतिशतले बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार सञ्चालनमा रहेका १७ वटा जीवन बीमा र १६ वटा निर्जीवन गरी ३३ वटा कम्पनीहरुले चालू आर्थिक वर्षको चैत मसान्तसम्म कुल एक खर्ब ३४ अर्ब ७४ करोड ९६ लाख ६२ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
प्राधिकरणका अनुसार यो बीमा शुल्क गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दुई दशमलव ६७ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बीमा कम्पनीहरुको कुल बीमा शुल्क संकलन एक अर्ब ३१ अर्ब २४ करोड १३ लाख आठ हजार रुपैयाँ रहेको थियो ।
प्राधिरणका अनुसार चालू आर्थिक वर्षको चैत मसान्तसम्म कुल जीवन बीमा शुल्क संकलन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दुई दशमलव १४ प्रतिशतले बढेको छ । सो अनुसार गत आर्थिक वर्षको चैत मसान्तसम्म जीवन बीमा कम्पनीहरुले कुल एक खर्ब दुई अर्ब ५४ करोड एक लाख ४२ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेकोमा चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म एक खर्ब चार अर्ब ७३ करोड ४८ लाख २१ हजार रुपैयाँ उठाएका छन् ।
प्राधिकरणका अनुसार निर्जीवन बीमा कम्पनीहरुले संकलन गरेको कुल बीमा शुल्क रकम पनि पछिल्लो अवधिमा चार दशमलव ५८ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्म २८ अर्ब ७० करोड ११ लाख ६६ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका निर्जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म ३० अर्ब एक करोड ४१ लाख २१ हजार रुपैयाँ पुगेको छ ।
प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको पछिल्लो अवधिमा जारी भएको कुल जीवन बीमा लेखको संख्या २० दशमलव १४ प्रतिशतले बढेको छ । सो अनुसार २०७८ चैत मसान्तसम्ममा कुल एक करोड १७ लाख ९१ हजार छ सय ९८ वटा जीवन बीमालेख जारी भएकोमा चालू आर्थिक वर्षको पछिल्लो अवधिमा यस्तो बीमालेखको संख्या बढेर एक करोड ४१ लाख ६५ हजार नौ सय ९८ पुगेको छ ।
जारी भएको कुल बीमालेखमध्ये जीवन बीमाको तुलनामा निर्जीवन बीमालेखतर्फको वृद्धि भने नकारात्मक देखिएको छ । प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको चैत मसान्तसम्म जम्मा २१ लाख ६६ हजार तीन सय २८ निर्जीवन बीमालेख जारी भएको छ । जारी भएको यो बीमालेख गत आर्थिक वर्षको सोही अवधिको तुलनामा शून्य दशमलव ४२ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिमा कुल २१ लाख ७५ हजार चार सय १४ वटा निर्जीवन बीमालेख जारी भएको थियो ।
जारी भएको कुल बीमालेख र कुल बीमा शुल्कको आधारमा चालू आर्थिक वर्षको पछिल्लो अवधिमा बीमाको दायरामा आएको कुल जनसंख्या ४४ दशमलव ५५ प्रतिशत रहेको छ । यसअन्तर्गत म्यादी, लघु, म्यादी र वैदेशिक रोजगार जीवन बीमालेख समावेश भएको प्राधिकरणको भनाइ छ । गत आर्थिक वर्षको सोही अवधिमा भने बीमाको दायरामा आएको जनसंख्या प्रतिशत ३७ दशमलव ३५ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- प्रधानमन्त्री दाहाल र भारतीय राष्ट्रपतिबीच भेट
- प्रधानमन्त्री दाहाल र भारतीय उपराष्ट्रपतिबीच भेटवार्ता
- वथनाहादेखि विराटनगरसम्म कार्गो रेल सेवा सञ्चालन
- गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइएलएस प्रणाली सञ्चालनको बाटो खुल्यो
- १० वर्षमा भारतले नेपालबाट ‘१०,००० मेगावाट बिजुली आयात गर्ने’
- नयाँ कानुनअनुसार नागरिकता वितरण कहिलेदेखि, कसकसले पाउँछन ?
- नक्कली शरणार्थी प्रकरणबारे ‘वास्तविकता चाँडै निर्क्योल हुने’ अमेरिकाको आशा
- गौतमबुद्ध विमानस्थलका लागि आईएलएस अवतरणको सुविधा खुल्ला गर्ने समझदारी
धेरैले पढेको
- सामाजिक सुरक्षा कोषको साढे ३४ अर्ब रुपैयाँ उत्पादन र पूर्वाधारमा लगानी गरिने
- जीवन बीमा कम्पनीले १० महिनामा उठाए एक खर्ब १४ अर्ब बीमाशुल्क
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया