Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘लकडाउन’ उल्लङ्घन गर्ने एक हजार आठ सय सात जना नियन्त्रणमा‘लकडाउन’ उल्लङ्घन गर्ने एक हजार आठ सय सात जना नियन्त्रणमा

‘लकडाउन’ उल्लङ्घन गर्ने एक हजार आठ सय सात जना नियन्त्रणमा‘लकडाउन’ उल्लङ्घन गर्ने एक हजार आठ सय सात जना नियन्त्रणमा


काठमाण्डौं,चैत २४
काठमाडौँ उपत्यकामा लकडाउन उल्लघंन गर्ने चार सय ५२ महिलासहित १८ सय सात जनालाई नियन्त्रणमा लिएको छ । आइतबार बिहान ६ बजेदेखि दिउसो ४ बजेसम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो । यसै गरी दुई सय चारवटा दुई पाङ्ग्रे र नौवटा चार पाङ्ग्रे गरी दुुई सय ४९ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ । काठमाडाँैबाट १३ सय ८६ जना, ललितपुरबाट दुुई सय २४ जना र भक्तपुरबाट १सय ७८ जनालाई नियन्त्रणमा लिएको हो ।

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुनेगरी देशव्यापीरूपमा लकडाउनको आदेश जारी गरेकाले उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।
लकडाउन एउटा व्यक्ति वा समूहको फाइदाको लागि गरिएको नभएर तपाईंहाम्रो सम्पूर्णको सुरक्षाको लागि सरकारले सो निर्णय गरेकाले अत्यावश्यक कार्यबाहेक घरबाट बाहिर ननिस्कन पनि सबैलाई आग्रह गरे ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया