काठमाडौं । वैदेशिक रोजगार बीमामा सर्वसाधारणको आकर्षण बढ्दै गएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको चैत मसान्तसम्म जीवन बीमा कम्पनीहरुले कुल १४ लाख ५९ हजार तीन सय १५ वटा वैदेशिक रोजगार बीमालेख जारी गरेका छन् । यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७१ दशमलव १२ प्रतिशतले बढी हो । प्राधिकरणका अनुसार गत आर्थिक वर्षको सोही अवधिसम्ममा बीमा कम्पनीहरुले जारी गरेको कुल वैदेशिक रोजगार बीमालेखको संख्या आठ लाख ५२ हजार आठ सय २७ थियो ।
चालू आर्थिक वर्षको चैत मसान्तसम्म वैदेशिक रोजगार बीमालेख जारी गरेका १२ वटा कम्पनीहरुले कुल १४ लाख ५९ हजार तीन सय १५ वटा बीमालेखबाट दुई अर्ब ४७ करोड ९५ लाख ३३ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जसमध्ये ५८ हजार चार सय ५३ वटा वैदेशिक रोजगार बीमालेख हुन् भने यसबाट बीमा कम्पनीहरुले कुल २४ करोड ८२ लाख १५ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको चैत मसान्तमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चार हजार नौ सय ३७ वटा बीमालेखमार्फत दुई करोड आठ लाख ११ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १६ हजार पाँच सय ६२ वटा बीमालेखमार्फत सात करोड ४८ लाख ९४ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले कुनै पनि किसिमको वैदेशिक रोजगारसम्बन्धी बीमालेख जारी गरेको छैन भने आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले १० हजार सात सय ४३ वटा बीमालेखमार्फत चार करोड ३० लाख ९० हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
प्राधिकरणका अनुसार सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १४ हजार एक सय ९७ वटा बीमालेखमार्फत पाँच करोड ९५ लाख १४ हजार रुपैयाँ बीमाशुल्क आर्जन गर्दा रिलायन्स लाइफले पाँच सय ७२ वटा बीमालेखमार्फत २३ लाख ९१ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चार हजार दुई सय ४२ बीमालेखमार्फत एक करोड ७६ लाख ४३ हजार रुपैयाँ बीमाशुल्क आर्जन गर्दा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले दुई हजार आठ सय ३८ बीमालेखमार्फत एक करोड १९ लाख ८९ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यसैगरी सानिमा लाइफले ७७ वटा बीमालेख जारी गरी तीन लाख १५ हजार रुपैयाँ बीमाशुल्क आर्जन गर्दा प्रभु लाइफले एक सय ६५ वटा बीमालेख जारी गरी छ लाख ८३ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
सूर्यज्योति लाइफले दुई हजार पाँच सय ९५ वटा बीमालेखमार्फत एक करोड छ लाख १५ हजार रुपैयाँ बीमा शुल्क आर्जन गर्दा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले एक हजार पाँच सय २५ बीमालेखमार्फत ६२ लाख ६९ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- प्रधानमन्त्री दाहाल र भारतीय राष्ट्रपतिबीच भेट
- प्रधानमन्त्री दाहाल र भारतीय उपराष्ट्रपतिबीच भेटवार्ता
- वथनाहादेखि विराटनगरसम्म कार्गो रेल सेवा सञ्चालन
- गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइएलएस प्रणाली सञ्चालनको बाटो खुल्यो
- १० वर्षमा भारतले नेपालबाट ‘१०,००० मेगावाट बिजुली आयात गर्ने’
- नयाँ कानुनअनुसार नागरिकता वितरण कहिलेदेखि, कसकसले पाउँछन ?
- नक्कली शरणार्थी प्रकरणबारे ‘वास्तविकता चाँडै निर्क्योल हुने’ अमेरिकाको आशा
- गौतमबुद्ध विमानस्थलका लागि आईएलएस अवतरणको सुविधा खुल्ला गर्ने समझदारी
धेरैले पढेको
- सामाजिक सुरक्षा कोषको साढे ३४ अर्ब रुपैयाँ उत्पादन र पूर्वाधारमा लगानी गरिने
- जीवन बीमा कम्पनीले १० महिनामा उठाए एक खर्ब १४ अर्ब बीमाशुल्क
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया