विज्ञापनमा एकद्वार नीति विरुद्ध आन्दोलनको घोषणा
काठमाडौं । नेपाल विज्ञापन संघ (आन)ले सरकारले प्रस्ताव गरेको विज्ञापनमा एकद्वार नीतिको विरुद्धमा श्रृंखलाबद्ध विरोध कार्यक्रमको घोषणा गरेको छ । आनले बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी विज्ञापन नीतिको विरोधमा श्रृखलाबद्ध विरोध कार्यक्रमको घोषणा गरेको हो ।
आनका अध्यक्ष सोमप्रसाद धितालले विरोध कार्यक्रम विज्ञापनमा एकद्वार नीतिको विरुद्ध रहेको बताए । उनले देश आर्थिक रुपमा कमजोर रहेको अवस्थामा ठूल–ठूला मुद्दालाई समाधान गर्नुको सट्टा सरकार विज्ञापन नीतिमा अल्झेर बसेको आरोप लगाए । अध्यक्ष धितालले सञ्चारजगत, विज्ञापनदाता र विज्ञापन व्यवसायीलाई ऐक्यबद्धताको लागि आव्हानसमेत गरे ।
आनका निवर्तमान अध्यक्ष रविन्द्रकुमार रिजाल (शशी) ले नेपाल खुला बजार अर्थतन्त्रमा प्रवेश गरिसकेको अवस्थामा कसैको पनि स्वतन्त्र रुपमा गरिने व्यापार व्यवसायलाई अंकुश लगाउन नहुने बताए ।
यसैबीच आनले विज्ञापन बोर्डको कार्यालय बबरमहलमा ताला लगाएको जनाएको छ । तीनकुनेबाट निस्केको आनको ¥याली बबरमहल पुगेको थियो । सरकारी विज्ञापनमा एकद्वार खारेज गर, सञ्चार माध्यमको दररेट कायम गर, विज्ञापन बोर्ड विज्ञापन बाँडने अखडा हैन, विज्ञापनमा पारदर्शिता लागू गर, विज्ञापन आचार संहिता लागू गर, विज्ञापन बोर्डमा संघको प्रतिनिधित्व सुनिश्चित गर भन्दै जुलुश माइतीघर मण्डलामा गएर कोणसभामा परिणत भएको थियो । आफूहरुको माग सम्बोधन नहुँदासम्म आन्दोलनलाई चरणबद्ध रुपमा सशक्त बनाई अगाडि बढाउने निर्णय आनले गरेको छ ।
आनले विज्ञापन बोर्डमार्फत् विज्ञापन बाँड्ने एकद्वार नीति लागू गर्ने, विज्ञापन वितरणमा एजेन्सीको भूमिका नराख्ने, बोर्डमा संघको संस्थागत प्रतिनिधित्व नहुने, विषयमा सञ्चार तथा सूचना प्रविधिमन्त्री, अर्थमन्त्री र गृहमन्त्रीलाई भेटेर ज्ञापनपत्रसमेत बुझाएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 9
ताजा अपडेट
- तराईमा उखरमाउलो गर्मी, मजदुरीदेखि पढाइसम्म प्रभावित
- संसद्को रेकर्डबाट कस्तो अभिव्यक्ति हटाइन्छ, ‘असंसदीय शब्द’ के हो ?
- प्रचण्डको भ्रमणपछि नेपाल-भारत सम्बन्धमा अविश्वास बढ्यो कि घट्यो?
- गरिब देशका नर्सहरूको पलायन ‘नियन्त्रणबाहिर’
- चर्च ब्वाइजलाई ए डिभिजन लिगको डेब्यु खेलमै उपाधि
- संसद् बैठक सुरू नभएपछि निराश हुँदै फर्किए विद्यार्थी
- अझै भेटिएनन् सुनकोशीमा बेपत्ता कर्मचारी
- ग्राहकको गोपनीयतामाथि संवेदनशील छौँ : नेपाल टेलिकम
धेरैले पढेको
- कृत्रिम गर्भाधानमा खुलेआम अवैध भारतीय लगानी !
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया