मानव तस्करीका घटनामा उच्च नेताहरु संलग्न हुनु दुःखद् : सांसद केसी
काठमाडौं । मानव तस्करीका घटनामा राजनीतिक दलका उच्च नेताहरु नै संलग्न हुनु दुःखद् भएको सांसद चित्रबहादुर केसीले बताएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै उनले आफ्ना दाजुभाइ नै बिक्री गर्ने दोषीलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने माग गरे । नक्कली भुटानी शरणार्थी प्रकरणमा वर्तमान सरकार र गृहमन्त्रीले देखाएको सक्रियतालाई धन्यवाद दिँदै सांसद केसीले दोषीलाई कारबाहीको दायरामा ल्याउन कुनै कसर बाँकी राख्न नहुने उल्लेख गरे ।
यस्तै विकास निर्माणमा बजेट काटिएको भन्दै सांसद राजेन्द्र बजगाईंले गुनासो गरे । उनले गोरखाका विभिन्न आयोजनामा देखिएको बेथिति अन्त्य गर्न र विकास निर्माणको काम कारबाहीलाई प्रभावकारी बनाउन आग्रह गरे ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- प्रधानमन्त्री दाहाल र भारतीय राष्ट्रपतिबीच भेट
- प्रधानमन्त्री दाहाल र भारतीय उपराष्ट्रपतिबीच भेटवार्ता
- वथनाहादेखि विराटनगरसम्म कार्गो रेल सेवा सञ्चालन
- गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइएलएस प्रणाली सञ्चालनको बाटो खुल्यो
- १० वर्षमा भारतले नेपालबाट ‘१०,००० मेगावाट बिजुली आयात गर्ने’
- नयाँ कानुनअनुसार नागरिकता वितरण कहिलेदेखि, कसकसले पाउँछन ?
- नक्कली शरणार्थी प्रकरणबारे ‘वास्तविकता चाँडै निर्क्योल हुने’ अमेरिकाको आशा
- गौतमबुद्ध विमानस्थलका लागि आईएलएस अवतरणको सुविधा खुल्ला गर्ने समझदारी
धेरैले पढेको
- सामाजिक सुरक्षा कोषको साढे ३४ अर्ब रुपैयाँ उत्पादन र पूर्वाधारमा लगानी गरिने
- जीवन बीमा कम्पनीले १० महिनामा उठाए एक खर्ब १४ अर्ब बीमाशुल्क
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया