बीमा कम्पनीले कृषि बीमालेख जारी नगर्ने
काठमाडौं । सरकारले कृषि बीमा अनुदानबापतको झण्डै तीन अर्ब रुपैयाँ भुक्तानी नदिएपछि बीमा कम्पनीहरूले कृषि बीमासम्बन्धी बीमालेख जारी नगर्ने भएका छन् । यस्तै बीमा कम्पनीहरूले दाबी भुक्तानी समेत रोक्ने निर्णय गरेका छन् ।
बीमा कम्पनीहरूको छाता संगठन नेपाल बीमक संघले सरकारले कृषि बीमाशुल्कमा तोकेको अनुदानबापतको करिब तीन अर्ब रुपैयाँ भुक्तानी नदिएको जनाएको छ । यसमध्ये माछाको अनुदान रकम २०७७, बाली बीमाको २०७८ चैतदेखि र पशुपन्छी बीमाको २०७८ असोजदेखि भुक्तानी नदिएको संघले जनाएको छ ।
संघका अनुसार सरकारले २०६९ साल माघ १ गतेदेखि कृषक र कृषिलाई प्राथमिकता दिई कृषि बीमाशुल्कमा अनुदान दिँदै आएको थियो । विगत १० वर्षदेखि बीमा कम्पनीहरूले नियामक निकाय नेपाल बीमा प्राधिकरणको निर्देशिकाबमोजिम कृषि बीमालेख जारी गर्ने, क्षति हुँदा क्षतिको दाबी भुक्तानी गर्दै आएका छन् । तर सरकारले दिनुपर्ने अनुदान रकम एक वर्षपछि मात्रै दिनेगरेको थियो । संघले छिमेकी मुलुकहरूमा बीमाशुल्कमा तोकिएको अनुदान रकम प्राप्त भएपछि मात्र दाबी भुक्तानी हुनेगरे पनि नेपालमा बीमा कम्पनीहरूले दाबी भुक्तानी गर्दै आएका छन् । संघले भनेको छ, ‘सरकारले कृषि बीमाशुल्कमा तोकेको अनुदान रकम बीमा कम्पनीहरूलाई दिन हालसम्म करिब ती अर्ब बाँकी रहनु दुःखद हो ।’
बीमा कम्पनीहरू बीमा ऐन, नियमावली, नियामकको निर्देशिका र परिपत्रको आधारमा कार्य गर्ने भएको र सोही परिधिभित्र रही जारी गरेको बाली बीमामा कृषि विभागले बीमांक कट्टा गरी पठाएका छन् ।
‘नेपाल बीमा प्राधिकरणले जारी गरेको कृषि बीमा निर्देशिकाबमोजिम कार्य गरेका कम्पनीहरूको अनुदान रोक्नु नेपाल सरकारको कृषि योजनामा नै नकारात्मक प्रभाव पार्ने हुँदा नियामक निकाय नेपाल बीमा प्राधिकरण, कृषि विभाग र कृषि तथा पशुपन्छी मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ’, संघले भनेको छ । यो अनुदान रकम उपलब्ध गराउन नेपाल सरकार कृषि तथा पशुपन्छी मन्त्रालय, कृषि विभाग र नेपाल बीमा प्राधिकरणलाई पटक–पटक मौखिक तथा लिखित अनुरोध गर्दा समेत प्राप्त नभएकोले बीमा कम्पनीहरू जोखिममा परेको संघले बताएको छ ।
यस्तो अवस्थामा सरकारबाट प्राप्त हुनुपर्ने बाँकी बक्यौता अनुदान पूर्णरूपमा प्राप्त नहुन्जेल कृषिसँग सम्बन्धित सबै बीमाको बीमालेख जारी गर्न र सोसँग सम्बन्धित क्षतिको दाबी भुक्तानी दिन असमर्थ रहेको संघले जनाएको छ । बीमालेखको बीमांकमा कृषि विभागको असहमति रहेकोले बीमांक एकिन नगरी दाबी भुक्तानी दिन नसकिने जवाफ विभागबाट आएको संघले जनाएको छ । संघले सरकारले भुक्तानी नदिए जेठ ७ गतेदेखि कृषिसँग सम्बन्धित बीमालेखहरू जारी गर्न र दाबी भुक्तानी दिन स्थगन गरिएको संघले जनाएको छ ।
क्याटेगोरी : बीमा बजार, समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- सर्वोच्च अदालतमा नागरिकता विधेयक खारेजीको माग
- सिटिइभिटीका कर्मचारी खोज्न सशस्त्र प्रहरीको गोताखोर परिचालन
- स्वास्थ्यमन्त्रीद्वारा विपन्न र असहायको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही
- भारतीय दूतावास अगाडि युवा संगठनको विरोध प्रदर्शन
- नक्कली ‘वर्क पर्मिट’ बनाएर ठगी गर्ने गिरोहसँग सावधान
- पाँच वर्षमा हुने संसारीमाईको सप्ताहव्यापी महापूजा सुरु
- देउवाले गरेका पार्टी हित विपरीतका निर्णय सहेर नबस्ने : गगन थापा
- सुनकोशी नदीमा बेपत्ता तीनको पहिचान खुल्यो
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया