नीति तथा कार्यक्रममा रोजगारीलाई प्राथमिकता दिन सुझाव
सत्तारुढ गठनबन्धन दलका शीर्ष नेताले कृषि, पर्यटन, शिक्षा र रोजगारीलाई प्राथमिकतामा राखेर सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने सुझाव दिएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री डा प्रकाशरण महतले सरकारको आगामी नीति तथा कार्यक्रम कस्तो ल्याउने भन्नेबारे सुझावका लागि आज आह्वान गरेको गठनबन्धको बैठकमा शीर्ष नेताले विदेश पलायन हुने युवालाई रोक्ने खालको नीति तथा कार्यक्रम ल्याउनुपर्ने सुझाव दिएका हुन् ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै नेकपा (माओवादी केन्द्र) का नेता हितराज पाण्डेले भने, “सरकारले नीति तथा कार्यक्रम ल्याउँदैछ, गठबन्धन दलका सबैबाट प्रधानमन्त्री र अर्थमन्त्रीले के–के विषयवस्तुमा अघि बढ्ने भनेर सुझाव मागे, हामीले पनि त्यहीअनुसार सुझाव दिएका छौँ ।” उनले संसद्मा पनि सिद्धान्त र प्राथमिकताबारे सांसदले सुझाव राखिसकेको सन्दर्भ उल्लेख गर्दै बैठकमा कतिपय नेतालाई लेखेरै सुझाव दिने भन्नुभएको जानकारी दिए ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बैठकमा अहिलेको अर्थव्यवस्था र मुलुकको अवस्थाको बारेमा छलफल भएको र प्रणाली सुधार हुने गरी नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । सिंहदबारमा बसेको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईलगायतका शीर्ष नेताहरूको सहभागिता थियो ।रासस
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट प्रस्तुत (पूर्ण पाठ)
- विदेशी लगानीकर्ताको सहभागितामा पूर्वाधार फण्ड स्थापना गरिने
- कृषिमा दर्जनौँ नयाँ कार्यक्रम
- पशुपन्छीको महामारी नियन्त्रणका लागि भ्याक्सिन उत्पादन गरिने
- गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
- स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान एक खर्ब ४६ अर्ब र सःशर्त अनुदान दुई खर्ब २७ अर्ब
- अर्थतन्त्रलाई गतिशील र फराकिलो बनाइनेछ : अर्थमन्त्री डा. महत
- प्रोत्साहन भत्ता र अतिरिक्त भत्ता खारेज
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया