Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमिति गुजे्रको औषधि सेवनले बिरामीको निधन भएपछि ग्रीनसिटी अस्पताल तोडफोड !

मिति गुजे्रको औषधि सेवनले बिरामीको निधन भएपछि ग्रीनसिटी अस्पताल तोडफोड !


काठमाडौं  । धापासीस्थित ग्रीनसिटी अस्पताल तोडफोड भएको छ । मिति गुज्रिएको (डेट एक्सपाएर भएको) औषधि सेवन गराएर बिरामीको मृत्यु भएपछि मृतकका आफन्त एवं शुभचिन्तकहरूले अस्पताल तोडफोड गरेका हुन् । औषधि व्यवस्था विभागको मध्यस्थतामा सबै उपचार खर्च (साढे दुई लाख रुपैयाँ) मिनाहा गराएर १० लाख रुपैयाँ क्षतिपूर्ति दिएपछि नाराबाजी तथा तोडफोड रोकी स्थिति सामान्य भएको छ ।

फोक्सोमा पानी जमेको कारण खोरखाका ६२ वर्षीय लोकनाथ भट्ट गत आइतबार दिउँसो उक्त अस्पतालमा भर्ना भएका थिए । अस्पताल परिसरभित्रै रहेको फार्मेसीले चिकित्सकको पे्रस्किप्सनअनुसार दिएको म्याद गुज्रिएको औषधिको सेवनबाट दीर्घ श्वासप्रश्वास समस्या (सीओपीडी)का बिरामी भट्टको सोमबार अपराह्न निधन भएको थियो ।

उपचारार्थ भर्ना भएका भट्टको म्याद गुज्रिएको औषधि सेवनबाट निधन भएको आरोप लगाउँदै मृतकका आफन्त एवं शुभचिन्तकहरूले सोमबार साँझ साढे पाँच बजेतिरदेखि नै विरोध प्रदर्शन तथा तोडफोड सुरु गरेका थिए । उनीहरूको विरोध प्रदर्शनमा सर्वसाधारणको सहभागिता बढ्दै गएपछि अस्पताल प्रशासनले प्रहरीलाई गुहारेको थियो र प्रहरी प्रशासनले प्रदर्शनकारीहरूमाथि हस्तक्षेप गरेको थियो । प्रदर्शनकारी पछि नहटेपछि प्रहरीले फार्मेसीबाट एक जनालाई गिरफ्तार समेत गरेको थियो । अनि मात्र तोडफोड रोकिएको थियो ।

अस्पताल परिसरमा प्रहरी हस्तक्षेपपछि म्याद गुज्रिएको औषधि बिक्री गरेको बारेमा प्रहरी प्रशासनले औषधि व्यवस्था विभागसँग सहयोग मागेपछि विभागको टोलीले अस्पताल तथा फार्मेसी सञ्चालकहरूसँग वार्ता अघि बढाएको थियो । तर अस्पताल व्यवस्थापनले आफ्नो कुनै कमीकमजोरी नरहेको सुरुवाती अडान धेरै समय टिकाउन सकेन । अस्पतालले कमजोरी स्वीकार्दै त्यसलाई थप नचर्काउन आग्रहका साथ मृतक भट्टको उपचारमा लागेको साढे दुई लाख रुपैयाँ मिनाहा गरी १० लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति गरेपछि पीडित पक्षले विरोध प्रदर्शन स्थगन भएको थियो ।

विघटन हुनुअघि तत्कालीन चर्चित नेटवर्किङ कम्पनी युनिटी इन्टरनेसनले सञ्चालन गर्न लागेको युनिटी अस्पतालको साइनबोर्ड फालेर एलबी टण्डनले ग्रीनसीटी अस्पताल सञ्चालन गर्दै आएका छन् । युनिटीका सञ्चालकहरूले युनिटी अस्पतालको व्यवस्थापन मिलाउन टण्डनलाई जिम्मा दिएका थिए तर युनिटी अस्पताल सञ्चालन हुन नपाउँदै सरकारले युनिटी इन्टरनेसनलाई विघटन गरेर त्यसका सञ्चालकहरूलाई गिरफ्तार गरेको थियो ।

युनिटीको त्यही कठिन अवस्थामा टण्डनले युनिटी अस्पताल खोल्न ठिक्क पारिएको भवनमा साइनबोर्ड फेरेर युनिटी अस्पतालको ठाउँमा ग्रीनसीटी अस्पताल राखेर अर्काको सम्पत्ति कब्जा गरेर ‘लखनौँ लुट’को शैलीमा अस्पताल सञ्चालन गरेका थिए । अहिले त्यही ग्रीनसिटी अस्पतालमा मिति गुज्रिएको औषधिको प्रयोगले बिरामीको निधनपछि सर्वसाधारणले अस्पताल तोडफोड गरेका हुन् ।


क्याटेगोरी : समाचार, स्वास्थ्य / जिवनशैली
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया