Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रधानमन्त्रीको सम्बोधन :कागलाई बेल पाक्यो हर्ष न विस्मात !

प्रधानमन्त्रीको सम्बोधन :कागलाई बेल पाक्यो हर्ष न विस्मात !


काठमाण्डौं,चैत २६
सरकारले बन्दाबन्दीको समयावधि पुन एकहप्ता बढाएसँगै सम्पूर्ण नेपालीको दैनिक जनजीवन थप कष्टमय बनेको छ । दुई हप्ताको लकडाउनले नै हायल कायल भएका नेपाली जनता अर्को एक हप्तासम्मको लकडाउन थपिएलगत्तै आगामी दिन कसरी बिताउने भनेर अलमलमा परेका छन् ।

दैनिक ज्यालादारी र मजदुरी गरेर जीवन गुजारा चलाउँदै आएका सर्वसाधरण नागरिकलाई ३ हप्ताको लकडाउनले धेरै नै अफ्ठयारो पार्ने निश्चित भएकोे छ ।मंगलबार सूर्यविनायक नगरपालिका वडा न ४ मा राहत लिन आउँदा नपाएपछि एक महिला बिलौना गर्दै भन्दै थिइन नाम लेखाएर पनि राहत पाइएन ।

उनको गुनासो थियो– यिनीहरू (वडा कार्यालयले) राहत नदिए पनि साहुको खेतबारी गएर गहुँको डोको बोकेर भए पनि ज्यान त पाल्नै प¥यो । अब कोरोना सोरोना भनेर बस्यो भने भोकभोकै मरिने भइयो । सरकारले लगाएको लकडाउन मानेर बस्दा आफ्नो गाउँघरसम्म पनि जान पाइएन । घर जान पाएको भए यतिसम्म सारो दुःख पाइने थिएन ।

लकडाउन हो कि सक डाउन होस् मतलब छैन, कतिदिन भोक भोकै बस्ने उनले गुुनासो पोखिन । ती महिला कामदारले भोग्नु परेको पीडा अहिले सम्पूर्ण मुलुकका सर्वसाधरण नागरिकहरूले भोग्नुपरिरहेको छ । उनी प्रतिनिधि पात्र मात्र हुन् । यस्तो समस्या भोगेर दैनिक गुजारा गर्नेहरूको नालेबेली धेरै लामो हुनसक्छ ।

मुलुकमा संघीय साशन लागू भएसँगै सिंहदरवारको अधिकार गाँउ–गाउँमा पुगेको बताइएको थियो । अप्ठ्यारो र समस्या परेको समयमा स्थानीय सरकारहरूले राहत दिएर सहयोग पु¥याउने आशा उनीहरूमा रहेको थियो ।

तर, उल्टै स्थानीय सरकारले रहतको सट्टा नाम संकलन गरेर समयमा राहत उपलब्ध गराउन नसकेपछि यसरी निराशा बोक्नेहरूको ठूलै जमात बाहिर देखिन थालेको छ । लकडाउनको कारण कामको अभावमा दैनिक गुजारा चलाउन नसकेर अप्ठ्योरोमा परेको भन्दै दिनहुँ यस्तै समस्या लिएर स्थानीय निकायमा पुग्नेहरूको संख्या दिनप्रतिदिन बढदो छ ।

स्थानीय तहमा यसरी राहतको पर्खाइ र आशमा घुइँचो लाग्ने क्रम बढदो रहेको छ । स्थानीय जनप्रतिनिधिहरूले पनि सकेको सहयोग गरेका पनि छन् । तर, त्यो पर्याप्त भने छैन । दैनिकरूपमा समस्याको पोको लिएर आउनेहरूको भीड लाग्न थालेपछि उनीहरू पनि अहिले अलमलमा परेका छन् ।

सर्वसाधरण नागरिकलाई मास्क, सेनिटाइजर र हात धुने साबुन होइन, बिहान बेलुकीको चुलो बाल्ने सामाग्रीको बढी आवश्यकता रहेको छ । घरमा बुढा बाबुआमा बिरामी छन् । बालबच्चा खान नपाएर भोकभोकै बिचल्लीमा परेका छन् । कामको लागि सहरबजार पसेकाहरू अहिले बेरोजगार भएका छन् ।

ज्याला मजदुरी गरेर दुई चार पैसा कमाई गरेर घरपरिवारको गुजारा चलाइरहेकाहरू लकडाउनका कारण काम गर्न नपाएर बेरोजगार बन्नुपरेको छ । आम्दानीको बाटो लकडाउनका कारण बन्द भैदिएपछि उनीहरूको दिनचर्याले अर्कै मोड लिएको छ । एकातिर उनीहरू एउटै कोठामा सीमित भएर बस्नुपरेको छ भने अर्कोतिर दैनिक रूपमा हातमुख जोर्ने समस्याले पिरोलिरहेका छ ।

अहिले उनीहरूको मात्र नभएर घर परिवारको रोजीरोटीसमेत खोसिएको अवस्था छ । दैनिक काम गरेर साँझ बिहान घर परिवार र आफनो गुजारा टारिरहेकाहरू अहिले ठूलै पीडा र दुःख बोकेर बाच्न विवश छन् । म्ांगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गरे । प्रधानमन्त्रीको सम्बोधनले सर्वसाधरण नागरिकले भोग्नुपरेको पीडा र समस्याका विषयमा कतै उल्लेख गरिएको छैन ।

उल्टै अझै दुई हप्ता नेपाली जनताले थप कष्टकर जीवन भोग्नुपर्ने निराशाजनक अभिव्यक्ति सम्बोधनमार्फत आएको छ । गत फागुन १९ मा दोस्रो पटक मिर्गाैला प्रत्यारोपन गरेपछि राम्ररी प्रधानमन्त्री ओलीको मुख देख्न देख्न नपाएका नेपाली जनतालाई आफू राम्रोसँग तङिग्रएको सन्देश दिनुबाहेक सम्वोधनमा नयाँ कुरा केही पनि जनताले पाउन सकेनन ।

प्रधानमन्त्रीको सम्बोधनमार्फत सर्वसाधरण नागरिकले केही राहत पाउनसक्ने आशा बोकेका थिए । तर, उनीहरूको पीडामा मलम लगाउने काम प्रधानमन्त्रीको सम्बोधनले पनि गर्न सकेन । सत्ता सञ्चालन गर्नेहरूको लागि प्रधानमन्त्री सम्बोधन मुतको न्यानो भए पनि वास्तविक नेपाली जनताको लागि ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’जस्तै भएको छ ।

अप्ठ्यारो समयमा सरकारले आफ्ना जनता बचाउन केही न नयाँ कुरा ल्याउला भन्ने आशा भए पनि त्यो निराशामा बदलिएको छ । हुन पनि विश्वभर महामारीको रूप लिइरहेको नोबल कारोना भइरस संक्रमणको त्रासले सम्पूर्ण मानवजातिको जनजीवन नै कष्टकर बनेको छ । खाइनखाई बैंक तथा वित्तीय संस्थामा बचत गरेको दुई चार पैसा रकम पनि सहजरूपमा झिक्नसक्ने वातावरण छैन । आफूसँग भएको दुई÷चार हजार रकम पनि यतिका दिन बसेर खाँदा सकिइसकेको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया