बीपीडब्लु लघुवित्तको तेस्रो त्रैमासिक नाफा ४९ लाख रुपैयाँले ऋणात्मक
काठमाडौं,बीपीडब्लु लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ४९ लाख २१ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत आ.व.को सोही अवधिमा भने संस्थाको यस्तो नाफा २६ लाख ९५ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्तापुँजी तीन करोड रुपैयाँ रहेको संस्थाले चालु आ.व.को तेस्रो त्रैमासमा चार करोड ८१ लाख ६५ हजार रुपैयाँ निक्षेप संकलन गरी १८ करोड ६३ लाख ५८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ४६ लाख ६२ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको संस्थाको प्रोभिजन रकम ८० लाख ६८ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ८८ प्रतिशत रहेको छ ।
गत आ.व.को सोही अवधिमा भने संस्थाले चार करोड २२ लाख ६६ हजार रुपैयाँ निक्षेप संकलन गरी २० करोड ५१ लाख ८० हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ९५ लाख ५९ हजार रुपैंयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ७७ लाख ३९ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ७६ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नयाँ कानुन अनुसार नागरिकता वितरण ‘तत्काल कार्यान्वयन नगर्न’ सर्वोच्च अदालतको आदेश
- ओडिशा रेल दुर्घटनामा नेपाली नागरिक परे-नपरेको बुझ्ने काम जारी: नेपाली दूतावास
- गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
- समसामयिक राजनीतिक व्यङ्ग्य
- विपन्न गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड
- दश प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन
- राष्ट्रिय योजना आयोगले पायो पूर्णता
- पाकिस्तानको मुद्रास्फीति दरमा नयाँ रेकर्ड
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया