काठमाडौं,चालू आर्थिक वर्षको १० महिनामा मुलुकको व्यापारघाटा १२ खर्ब चार अर्ब ४२ करोड रुपैयाँ भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा १४ खर्ब ३१ अर्ब ३० करोड रुपैयाँ व्यापारघाटा थियो । सरकारले चालू आर्थिक वर्षको सुरुदेखि नै केही विलाशी वस्तुको आयात रोकेका कारण यसवर्ष व्यापारघाटा कम देखिएको हो ।
भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार साउन यता वैशाख मसान्तसम्म कुल १३ खर्ब ३५ अर्ब ३२ करोड रुपैयाँबराबरको वस्तु आयात भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६ दशमलव ७८ प्रतिशतले कम हो । गतवर्षको सोही अवधिसम्म १६ खर्ब चार अर्ब ६५ करोड रुपैयाँबराबरको वस्तु आयात भएको थियो ।
यो अवधिमा नेपालबाट कुल एक खर्ब ३० अर्ब ९० करोड रुपैयाँको वस्तु निर्यात भएको छ । जुन गत आर्थिक वर्षको तुलनामा २४ दशमलव ४९ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिमा एक खर्ब ७३ अर्ब ३५ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो ।
कुल वैदेशिक व्यापारको आकार १४ खर्ब ६६ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७ दशमलव ५४ प्रतिशतले कम हो ।विभागका अनुसार भारतबाट सबैभन्दा धेरै वस्तु आयात भएको छ । भारतबाट मात्रै आठ खर्ब ४४ अर्ब ५३ करोड रुपैयाँबराबरको आयात भएको छ । चीनबाट एक खर्ब ७९ अर्ब २१ करोड रुपैयाँको आयात भएको छ । त्यसपछि आयात धेरै हुने मुलुकमा इन्डोनेसिया छ । इन्डोनेसियाबाट ३५ अर्ब ६४ करोड रुपैयाँबराबरको वस्तु आयात भएको देखिन्छ ।
निर्यात पनि सबैभन्दा धेरै भारतमा भएको देखिएको छ । भारतमा ९१ अर्ब १४ करोड रुपैयाँबराबरको वस्तु निर्यात भएको छ । भारतपछि निर्यात धेरै हुने मुलुकमा अमेरिका छ । अमेरिकामा कुल १६ अर्ब ३० करोड रुपैयाँको निर्यात भएको छ । चीनमा कुल एक अर्ब ३५ करोड रुपैयाँको मात्रै निर्यात भएको छ ।सबैभन्दा धेरै पेट्रोलियम पदार्थ दुई खर्ब ९१ अर्ब ७२ करोड रुपैयाँको आयात भएको छ । त्यसपछि फलाम र स्टिलजन्य वस्तुको आयात एक खर्ब १४ अर्ब ८१ करोड रुपैयाँको भएको छ । ८३ अर्ब ७९ करोडको मेसिनरी औजार, ८१ अर्ब ८९ करोडको विद्युतीय उपकरण, २० अर्ब ३२ करोड रुपैयाँको खानेतेल, २७ अर्ब ५३ करोड रुपैयाँको तरकारी र १७ अर्ब ९४ करोडको फलफूल आयात भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1, #page2
ताजा अपडेट
- १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट प्रस्तुत (पूर्ण पाठ)
- विदेशी लगानीकर्ताको सहभागितामा पूर्वाधार फण्ड स्थापना गरिने
- कृषिमा दर्जनौँ नयाँ कार्यक्रम
- पशुपन्छीको महामारी नियन्त्रणका लागि भ्याक्सिन उत्पादन गरिने
- गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
- स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान एक खर्ब ४६ अर्ब र सःशर्त अनुदान दुई खर्ब २७ अर्ब
- अर्थतन्त्रलाई गतिशील र फराकिलो बनाइनेछ : अर्थमन्त्री डा. महत
- प्रोत्साहन भत्ता र अतिरिक्त भत्ता खारेज
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया