नेपाल लाइफको अनियमितता छानबिन रोक्न प्राधिकरणकै निर्देशक कर्णको दबाब
काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा भएको आर्थिक अनियमितताको छानबिन गर्न माग गर्दै परेको उजुरी रोक्न नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणकै उच्च तहका अधिकारीहरू लागेका छन् ।इन्स्योरेन्स कम्पनीहरूमा भए÷गरेका आर्थिक हिनामिनाको निष्पक्ष छानबिन गर्नुपर्ने दायित्व नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणको भए पनि बीमा प्राधिकरणकै उच्च कर्मचारी भने इन्स्योरेन्सलाई कारबाही गर्नेभन्दा पनि अनियमितताका बारेमा आवाज उठाउनेहरूविरुद्ध सक्रिय हुनेगरेका छन् । यसले नियमनकारी निकायको भूमिका नै शंकास्पद देखिएको हो ।
बीमा कम्पनीहरूलाई नियमन गर्ने संस्थाको आडमा आफ्ना आसेपासेहरूलाई जागिर लगाउने थलो बनाएका बीमा प्राधिकरणका उच्च कर्मचारीहरू नै आम जनताको गुनासोलाई दबाउन लाग्नुले नेपालमा कस्तो विकृति छ भन्ने संकेत गर्छ ।
गत मंगलबार बीमा प्राधिकरणमा नेपाल लाइफ इन्स्योरेन्सले विभिन्न मितिमा आर्थिक हिनामिना भयो भन्दै आफूखुशी कर्मचारीहरू निकालेको र त्यसमा उच्च तहका कर्मचारीको समेत संलग्नता हुँदा उनीहरूको छानबिन नभएकोले त्यसको समेत छानबिन गरी के–कति आर्थिक हिनामिना भएको हो सो समेत छानबिन गर्न भन्दै परेको उजुरीमा बीमा प्राधिकरणका निर्देशक रहेका दिनेश कुमार लाल कर्णले उजुरीकर्तालाई नै उजुरी दर्ता गरेको भोलिपल्टै फोन गरेर मिल्न आग्रह गरेका थिए ।
आफ्नी श्रीमती र भाइलाई नेपाल लाइफ इन्स्योरेन्समा नै जागिर लगाएका कर्णले इन्स्योरेन्सका कर्मचारीले गर्नुपर्ने दायित्व गरेपछि उनी बीमा प्राधिकरणका कर्मचारी हुन् वा नेपाल लाइफ इन्स्योरेन्सका कर्मचारी हुन् भन्ने छुट्याउन नसकिने भएको छ ।
पछिल्लो समय नेपालका बीमा कम्पनीहरूलाई नियमनकारी निकाय रहेको बीमा प्राधिकरणका कर्मचारीहरूले आफ्ना मान्छे भर्ती गर्ने केन्द्रको रूपमा विकास गर्ने र त्यसमा बीमा कम्पनीहरूलाई सहयोगस्वरूप आम जनताले गर्ने गुनासाहरू, बीमा कम्पनीहरूमा भएको आर्थिक अनियमितता लुकाउने तथा ढाकछोप गर्ने गरिएको छ ।
प्राधिकरणका निर्देशक लालकर्णको पछिल्लो प्रयास त्यसैको एउटा उदाहरणको रूपमा रहेको उजुरीकर्ताको आरोप छ । आफ्नो भाइ तथा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका मेनेजर राजेश कर्ण तथा आफ्नी श्रीमतीलाई समेत जागिर लगाएपछि त्यसविरुद्ध प्राप्त भएको छानबिनको उजुरी दबाउनकै लागि मिलेर जानुपर्ने भन्दै उजुरीकर्तालाई नै धम्की दिएका थिए ।
प्राधिकरणमा परेको उजुरीमा नेपाल लाइफका डीजीएम समेत रहेका नेसनल सेल्स हेड उमापति पोखरेलले प्रेमप्रसाद अर्याललाई फसाएको समेत दाबी गरिएको छ । इन्स्योरेन्स कम्पनीमा यसअघि पनि आर्थिक हिनामिना गरेको अनुशासनमा काम नगरेको आरोप लगाउँदै गणेश आउजी, विकेश शाह तथा धिनप्रसाद अधिकारीलाई बर्खास्त गरिएको थियो ।
आर्थिक हिनामिना गरेको भन्दै बर्खास्ती गरेको इन्स्योरेन्सले क–कसले कहिले कति आर्थिक हिनामिना गरे भन्ने खुलाएको छैन । जनताको लगानी भएको पब्लिक कम्पनीले आफ्ना कर्मचारीहरूले कति आर्थिक हिनामिना गरे भन्ने नखुलाई बर्खास्त गर्नु र त्यसलाई बीमा प्राधिकरणका निर्देशकजस्तो व्यक्ति संलग्न भई छानबिन हुन नदिनु आफैँमा आम जनताको लागि अन्याय भएको उजुरीकर्ताले आर्थिक दैनिकलाई बताए ।
यो पनि पढ्नुहोस
नेपाल लाइफ इन्स्योरेन्समा उच्च तहका कर्मचारीको मिलेमतोमा बीमितको पैसा हिनामिना
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट प्रस्तुत (पूर्ण पाठ)
- विदेशी लगानीकर्ताको सहभागितामा पूर्वाधार फण्ड स्थापना गरिने
- कृषिमा दर्जनौँ नयाँ कार्यक्रम
- पशुपन्छीको महामारी नियन्त्रणका लागि भ्याक्सिन उत्पादन गरिने
- गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
- स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान एक खर्ब ४६ अर्ब र सःशर्त अनुदान दुई खर्ब २७ अर्ब
- अर्थतन्त्रलाई गतिशील र फराकिलो बनाइनेछ : अर्थमन्त्री डा. महत
- प्रोत्साहन भत्ता र अतिरिक्त भत्ता खारेज
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया