जंगलमा पाइने निगुरो हिमाली जिल्ला सोलुखुम्बुका कतिपय महिलाका लागि घर धान्ने गतिलो स्रोत बन्न थालेको छ । जंगल तथा खोलाखाल्सीमा आफैँ उम्रिएको निगुरो बिक्रीबाट गृहिणीहरूले घर खर्चदेखि बालबालिकाको पढाइ खर्चसमेत धानिरहेका छन् ।माप्य दुधकोशी गाउँपालिका ५ काँकुकी ५० वर्षीया डोल्मा शेर्पाको दैनिकी निगुरो टिप्दैमा बित्ने गर्छ । बिहान सबेरै उठ्नु र भुटेको मकै पोको पारेर जंगलतिर निगुरो खोज्न जानु उनको दैनिकी बनेको छ ।
हप्ताभरि संकलन गरेको निगुरो शनिबार सदरमुकामस्थित साप्ताहिक हाट नयाँ बजारमा बिक्री गर्ने गरेको उनले सुनाइन् । निगुरो बिक्रीबाट आएको आम्दानीले घर खर्चदेखि बालबालिकाको पढाइखर्च समेत धान्ने गरेको उनले बताइन् । उनले भनिन्, ‘हामी गरिबलाई कसैले ऋण पत्याउँदैन, यही जंगलको निगुरो टिप्छु, बिक्री गर्छु र छोराछोरीलाई पढाउँछु, आम्दानीको अरू बाटो छैन त के गर्नु खै ?’
न्यून आयस्रोत भएकाहरूलाई वर्षाको समयमा उत्पादन हुने निगुरो बरदान नै सावित भएको छ । चारकोशे झाडीभित्र पाइने निगुरोको साग बेचेरै डोल्माले घर खर्चमात्रै चलाएकी छैनन् । त्यसैबाट बालबालिकासमेत पढाउँदै आएकी छन् । वर्षायाममा निगुरो बेचेर र हिउँदमा पिँडालु बेचेर डोल्माले हप्तामा तीन हजार रुपैयाँसम्म आम्दानी गर्छिन् भने त्यही आम्दानीबाट १० जनाको परिवार धान्दै आएकी छन् ।
बिहान उज्यालो नहुँदै जंगल तथा खोलाखोल्सीमा पुग्ने डोल्मा साँझ परेपछिमात्रै जंगलबाट फर्किने गर्छिन् । जंगलमा यतिकै खेर जाने निगुरोको साग बेचेरै करिब १५ वर्षदेखि डोल्माले आफ्नो जिन्दगी धान्दै आएकी छन् । डोल्मा त एक उदाहरणीय पात्रमात्रै हुन् । उनीजस्ता कैयौँ महिलाहरूको आम्दानीको सं्र्रोत नै जंगलमा पाइने निगुरो बनेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नयाँ कानुन अनुसार नागरिकता वितरण ‘तत्काल कार्यान्वयन नगर्न’ सर्वोच्च अदालतको आदेश
- ओडिशा रेल दुर्घटनामा नेपाली नागरिक परे-नपरेको बुझ्ने काम जारी: नेपाली दूतावास
- गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
- समसामयिक राजनीतिक व्यङ्ग्य
- विपन्न गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड
- दश प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन
- राष्ट्रिय योजना आयोगले पायो पूर्णता
- पाकिस्तानको मुद्रास्फीति दरमा नयाँ रेकर्ड
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया