नेपाल लाइफ इन्स्योरेन्स काण्डमा बीमा प्राधिकरणको ७ दिने अल्टिमेटम
काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडभित्र नेसनल सेल्स हेड उमापति पोखरेलको मिलेमतोमा बीमितको पैसा हिनामिना भएको भन्दै नेपाल बीमा प्राधिकरणमा परेको उजुरीको सम्बन्धमा प्राधिकरणले इन्स्योरेन्सलाई पत्र काटेको छ ।
प्राधिकरणमा परेको उजुरीमा इन्स्योरेन्सकै उच्च तहका कर्मचारी नेसनल सेल्स हेड पोखरेलको मिलेमतोमा बीमितको बीमा पोलिसीको दुरूपयोग गरी आर्थिक हिनामिना भएकोमा तल्लो तहका कर्मचारीहरूलाई मात्र कारबाही गरी सेल्स हेड पोखरेलमाथि कुनै किसिमको सोधपुछ समेत नगरी उम्काइएको भन्दै निष्पक्ष छानबिनको माग गरिएको थियो ।
बीमा प्राधिकरणका नियमन शाखाका सहायक निर्देशक प्रदिप गौतमले इन्स्योरेन्सलाई पठाएको पत्रमा उजुरीको प्रतिलिपीसहित पठाएको र सो उजुरीको सम्बन्धमा के–कसो भए÷गरेको हो सोको यथार्थ विवरण खुलाई पत्र प्राप्त भएको मितिले सात दिनभित्र प्राधिकरणमा प्रतिवेदन पेस गर्न निर्देशनअनुसार अनुरोध गरिन्छ भनिएको छ ।इन्स्योरेन्सले तत्कालीन प्रदेशप्रमुख रहेका प्रेमप्रसाद अर्याललाई आर्थिक अनियमितता गरेकाले सेवाबाट बर्खास्त गरेको भनिए पनि सो रकम अनियमिततामा नेसनल सेल्स हेड पोखरेलसँग समेत भाग लगाएको र कम्पनीले अर्याललाई मात्र कारबाही गरेकाले छानबिन गर्न उजुरीमा माग गरिएको छ ।
पछिल्लो समय नेपाल लाइफ इन्स्योरेन्सभित्र अनियमितता, अपायक सरुवा, बढुवामा चलखेल भएको भन्दै बेनामे उजुरीहरू बीमा प्राधिकरणमा पर्न थालेका छन् ।त्यसो त केही समयअगाडि मात्र अपायक सरुवामा धेरै नै गुनासो आएपछि प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले समेत चासो चाख्दै इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविणरमण पराजुलीलाई कारबाहीको चेतावनी समेत दिएको बीमा प्राधिकरण उच्च स्रोतले बतायो ।इन्स्योरेन्स कर्मचारी स्रोतका अनुसार इन्स्योरेन्सको तेस्रो वरीयतामा रहेका नेसनल सेल्स हेड उमापति पोखरेलले सीईओ पराजुली तथा सञ्चालकहरूको अधिकार समेत खोस्दै सरुवा बढुवामा अनावश्यक चासो र चलखेल गर्नेगरेको बताइएको छ ।
यो पनि पढ्नुहोस
नेपाल लाइफको अनियमितता छानबिन रोक्न प्राधिकरणकै निर्देशक कर्णको दबाब
नेपाल लाइफ इन्स्योरेन्समा उच्च तहका कर्मचारीको मिलेमतोमा बीमितको पैसा हिनामिना
क्याटेगोरी : बीमा बजार, समाचार, सुलसुले
ट्याग : #Page 1
ताजा अपडेट
- सर्वोच्च अदालतमा नागरिकता विधेयक खारेजीको माग
- सिटिइभिटीका कर्मचारी खोज्न सशस्त्र प्रहरीको गोताखोर परिचालन
- स्वास्थ्यमन्त्रीद्वारा विपन्न र असहायको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही
- भारतीय दूतावास अगाडि युवा संगठनको विरोध प्रदर्शन
- नक्कली ‘वर्क पर्मिट’ बनाएर ठगी गर्ने गिरोहसँग सावधान
- पाँच वर्षमा हुने संसारीमाईको सप्ताहव्यापी महापूजा सुरु
- देउवाले गरेका पार्टी हित विपरीतका निर्णय सहेर नबस्ने : गगन थापा
- सुनकोशी नदीमा बेपत्ता तीनको पहिचान खुल्यो
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया