निगमका बोर्डसदस्य प्रधान पनि मिटरब्याजी !
काठमाडौं,मिटरब्याजीहरूको तथ्यांक संकलन गरी पीडितहरूको समस्या समाधान गर्न सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा गठन गरेको छानबिन समितिले काम गर्न थालिसकेको अवस्थामा नेपाल वायुसेवा निगमको सञ्चालक समितिमा सरकारले नियुक्त गरेको विज्ञ सदस्य किशोर प्रधान पनि मिटरब्याजी भएको आरोप लागेको छ ।
सप्तरीका मिटरब्याजपीडित प्रमोद शाहले निगमका बोर्डसदस्य प्रधानले मिटरब्याजमा आफ्नो सम्पत्ति कब्जा गरेको आरोप लगाएका छन् ।तीन बिघा पाँच कट्ठा जग्गा किशोर प्रधानको नाममा पास गरेर २०३७ साल माघ १ गते पाँच हजार रुपैयाँ लिएको थियो । २०३७ सालमा लिएको उक्त ऋणको २०५२ साल सम्म ५५ हजार रुपैयाँ ब्याज तिरेको शाहले बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघको नेता समेत रहेका प्रधानले मिटरब्याज लिइसकेपछि पनि अहिलेसम्म ऋणीको उक्त जमीन फिर्ता गरेका छैनन् । त्यस्तो व्यक्ति निगममा राजनीतिक नियुक्ति लिएर बस्दा निगमको हितमा कसरी काम होला भन्ने प्रश्न खडा भएको छ ।
क्याटेगोरी : समाचार, सुलसुले
ट्याग : #Page 1
ताजा अपडेट
- गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
- समसामयिक राजनीतिक व्यङ्ग्य
- विपन्न गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड
- दश प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन
- राष्ट्रिय योजना आयोगले पायो पूर्णता
- पाकिस्तानको मुद्रास्फीति दरमा नयाँ रेकर्ड
- अन्तत : ५३ बिन्दुले उक्लियो सेयर बजार
- तनाव कम गर्न चीनसँग वार्ता आवश्यक : अमेरिका
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया