झापा । आन्तरिक राजस्व कार्यालयले लक्ष्यअनुसारको राजस्व संकलन गर्न नसकिएको जनाएको छ । जिल्लाका उद्योगधन्दा, कलकारखाना तथा व्यापार व्यवसायमा आएको मन्दीको असर राजस्वमा पनि परेको कार्यालयका प्रमुख कर अधिकृत शुभप्रसाद रिजालले बताए ।
उक्त कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा दुई अर्ब ८५ करोड ३५ लाख ५० हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा दुई अर्ब २६ करोड ४८ लाख ८० हजार रुपैयाँ राजस्व संकलन भएको उनले जानकारी दिए । प्रमुख कर अधिकृत रिजालका अनुसार संकलन भएको रकममध्ये करिब एक करोड ५० लाख रुपैयाँ विगत वर्षको पूर्वअनुमानित आय विवरण तथा दाखिला गरेको करको अंक फरक परेका (मिसम्याच) करदाताबाट संकलन भएको थियो । सो समयमा मूल्य अभिवृद्धि करबाट ७६ करोड १२ लाख ५५ हजार रुपैयाँ र अन्तःशुल्कबाट ३७ करोड ३६ लाख १७ हजार रुपैयाँ राजस्व संकलन गरिएको थियो ।
प्रमुख कर अधिकृत रिजालले मूल्य अभिवृद्धि कर र अन्तःशुल्कतर्फ समेत लक्ष्यअनुसार राजस्व संकलन नभएको बताए । ‘सबै क्षेत्र आर्थिक संकटमा चुलिएको छ’ उनले भने, ‘त्यसको प्रत्यक्ष असर राजस्वमा पनि देखियो ।’ जिल्लामा आन्तरिक राजस्व कार्यालयको मुख्य करको स्रोत भनेको उद्योगधन्दा, व्यक्तिगत फार्म र व्यापारी नै रहेको प्रमुख कर अधिकृत रिजालले जानकारी दिए । आर्थिक मन्दीको असर झापामा मात्र नभएर देशभरकै आन्तरिक राजस्व कार्यालयमा परेको उनको भनाइ थियो ।
क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश, समाचार
ट्याग : #page 3
ताजा अपडेट
- गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
- समसामयिक राजनीतिक व्यङ्ग्य
- विपन्न गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड
- दश प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन
- राष्ट्रिय योजना आयोगले पायो पूर्णता
- पाकिस्तानको मुद्रास्फीति दरमा नयाँ रेकर्ड
- अन्तत : ५३ बिन्दुले उक्लियो सेयर बजार
- तनाव कम गर्न चीनसँग वार्ता आवश्यक : अमेरिका
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया