फरवार्ड माइक्रोफाइनान्सको नाफा चार करोड ३६ लाख
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा चार करोड ३६ लाख ३० हजार आठ सय छ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा ६७ करोड ६४ लाख ५० हजार छ सय ७२ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब पाँच करोड ५५ लाख ६३ हजार सात सय ३४ रुपैयाँ रहेको संस्थाले चालु आवको तेस्रो त्रैमासमा आठ अर्ब ४५ करोड एक लाख २० हजार एक सय ६७ रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ५४ करोड ५९ लाख ८६ हजार तीन सय ७१ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ७३ करोड २६ लाख ९९ हजार चार सय तीन रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा पाँच दशमलव ८८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेडदर चार दशमलव ५५ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले सात अर्ब ६८ करोड ४१ लाख २५ हजार ६६ रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब २१ करोड ७६ लाख ६८ हजार २३ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब सात करोड ७९ लाख ५० हजार छ सय नौ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा एक दशमलव ८६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव ८५ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 6
ताजा अपडेट
- घरजग्गा किनबेच सहजीकरण र ऋण मिलाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ
- भारतबाट १०० रुपैयाँभन्दा बढीको सामान नेपाल ल्याए भन्सार तिर्नुपर्ने
- आग्रह र पूर्वाग्रह बिना दश वर्षको बजेट समीक्षा गरौँ : पूर्वअर्थमन्त्री शर्मा
- नेपाली समाजमा भ्रष्टाचारको नाङ्गो रुप देखियो : अध्यक्ष नेपाल
- सर्वोच्चद्वारा नागरिकता विधेयक प्रमाणीकरणको प्रतिलिपि झिकाउन आदेश
- कोशी प्रदेशमा गैर शान्तिपूर्ण गतिविधि भए राज्यले छुट नदिने : गृहमन्त्री
- नेपालको राजनीतिक इतिहास माओवादीविना अपुरो : जनार्दन शर्मा
- बजेटमा चरम अन्याय भएको छ : राजेन्द्र पाण्डे
धेरैले पढेको
- धादिङको साना किसान सहकारीमा अनियमितता भएको अदालतको ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया