Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारलकडाउनले भाडामा बसेका विद्यार्थी मारमा

लकडाउनले भाडामा बसेका विद्यार्थी मारमा


कञ्चनपुर,चैत २८
विश्वभरमा फैलिरकेको कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोक्नका लागि नेपालमा हाल गरिएको लकडाउनले भाडामा बसेका विद्यार्थीहरु मारमा परेका छन् ।

देशभर लकडाउन गरिएपछि सबै घरभित्रै बस्न बाध्य भएका छन् । अत्यावश्यक कामका लागि बाहेक बजार र सडकमा हिड्डुँल गर्न दिइएको छैन । बजार क्षेत्र र यातायात क्षेत्र पूर्ण रुपमा ठप्प भएपछि देशभरका विभिन्न ठाउँमा खाद्यान्न लगायतका सामानको अभाव सिर्जना हुन थालेको छ ।

लकडाउनका कारण देशका विभिन्न ठाउँबाट सहरमा डेरा लिई बसेका र घर जान नपाएका विद्यार्थीहरु खाद्यान्न अभावमा भोकमरीको मारमा परिरहेका छन् । प्रायः बजारबाट किनेरै दालचामल, तरकारी लगायतका खाद्य सामग्रीहरु उपभोग गर्ने विद्यार्थीहरु बजार क्षेत्र नै बन्द भएपछि मारमा पर्न थालेका हुन । बजार क्षेत्र बन्द भएपछि विद्यार्थीहरुलाई पैसाको बढी अभाव भएको छ ।

लकडाउनका बेला बैङ्क तथा वित्तिय संस्थाहरु बन्द रहँदा उनिहरुले घरबाट पैसा पाउने माध्यम नै नपाएको महेन्द्रनगरमा रहेका विभिन्न विद्यार्थीहरुले बताएका छन् । प्रायः एक बोरा चामल किनेर राख्ने विद्यार्थीहरुलाई त्यो एक बोरा चामलले महिना दिनको लकडाउन सम्म थेग्न नसकेको जनज्याति बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी अर्जुन महराले बताए ।

उनले आफूहरु खाद्यान्न र ग्याँस सकिदाँ आपतविपतमा परेको बताएका छन् । ‘ग्यास सकियो, चामल दाल तेल समेत सकिन लागेको छ, बैङ्कहरु बन्द छन्, बजारमा पुलिसले जान दिदैन खै कसरी बस्नु हो’, महराले भनेयस्तै कञ्चन विद्या मन्दिरमा अध्ययनरत एक विद्यार्थीले आफूसँग भएको सबै सामान सकिदाँ आफू समस्यामा परेको र पैसा मगाउन समेत आइएमई बन्द हुँदा समस्यामा परेको बताए ।

यातायात बन्द हुँदा पहाडबाट तराइमा झरेका विद्यार्थीहरु समेत पहाड जान समेत पाएको गुनासो गरेका छन् । उनिहरुले आफूहरुसंग भएको खाद्यान्न सामग्री सकिए पछि घर जान चाहेको बताएका छन् । तर घर जान सवारी साधन नपाउँदा अलमलमा परेको बताएका छन् । यसका साथै घरबेटीहरुले समेत घर जान दबाब दिइरहेको माधवी भट्टले बताएकी छिन् ।

उनले घरबाट आएर भाडामा बसी रहेका विद्यार्थीहरुलाई खाद्यान्नको समस्या पर्नुका साथै पैसा सकिएको, र पैसा नहुँदा घर बाट मगाउन नसकिएको बैङ्कहरु खुला नरहेको, घरबेटीहरुले समेत घर जान भनिरहेको बताइन् ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया