सामाजिक सञ्जालमा अफवाह फैलाउने दुई जना पक्राउ
काठमाडौं, चैत २८
प्रधानमन्त्री केपी शर्मा ओली लगायत विशिष्ट व्यक्तिहरु विरुद्ध सामाजिक सञ्जाल फेसबुक मार्फत अफवाह फैलाउने कार्यमा संलग्न दुुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा खोटाङ ऐसेलुखर्क गाउँपालिका १ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका चुनिखेल डेरा गरी बस्ने ३६ वर्षीय तारा नाछिरिङ र काभ्रेपलान्चोक पनौती नगरपालिका ५ ठेगाना भएका ४६ वर्षीय राम कुमार रघु श्रेष्ठ रहेका छन् ।
ताराले प्रधानमन्त्री केपी शर्मा ओली लगायत विशिष्ट व्यक्तिहरु तथा श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो प्रयोग गरी मानमर्दनमा आँच आउने किसिमको अमर्या्दित कार्य गरेको पाइएपछि प्रहरी प्रधान कार्यालय साइबर व्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले उनीहरुलाईछुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको हो ।
उनीहरु उपर विद्युतीय कारोबार ऐन, २०६३ विद्युतीय स्वरुपमा गैरकानूनी कुरा प्रकाशन गर्ने ‘विद्युतीय सञ्चार माध्यमहरुमा प्रचलित कानूनले प्रकाशन तथा प्रर्दशन गर्न नहुने भनि रोक लगाएका सामग्रीहरु’ प्रकाशन गरेको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया