Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘गणतन्त्रलाई संस्थागत गर्न सबै एकजुट हुनुपर्छ’

‘गणतन्त्रलाई संस्थागत गर्न सबै एकजुट हुनुपर्छ’


काठमाडौं । गणतन्त्रका उपलब्धिलाई संस्थागत गर्दै मुलुकलाई समुन्नतिको मार्गमा डो¥याउन देशका सबै शक्ति एकजुट हुनुपर्नेमा सुशील कोइराला मेमोरियल फाउन्डेसनले जोड दिएको छ ।

गणतन्त्र दिवसका अवसरमा फाउन्डेसनले सोमबार जारी गरेको विज्ञप्तिमा सबै शक्ति सशक्त र संवेदनशील भएर गणतन्त्रलाई संस्थागत गर्नुपर्नेमा जोड दिएको हो । सही सोचका साथ गरिने सही अभ्यासले नै लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने भएकाले यसतर्फ सबैको ध्यान जानुपर्ने फाउण्डेशनका अध्यक्ष एवं नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशाङ्क कोइराला र सदस्य सचिव अतुल कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

राससका अनुसार जनताले छानेका प्रतिनिधि नै राष्ट्राध्यक्ष हुने र जननिर्वाचित प्रतिनिधिबाट शासित हुन पाउने लोकतान्त्रिक अभ्यासको सुन्दर रुप लोकतान्त्रिक गणतन्त्रभन्दा राम्रो व्यवस्था विश्वमै नभएकाले यसलाई संस्थागत गरिनुपर्नेमा फाउन्डेसनले जोड दिएको छ । प्रत्यक्ष निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले गर्ने सही अभ्यासले नै यो व्यवस्थालाई संस्थागत गर्दै लैजाने विश्वास लिएको जनाइएको छ ।

आजको युगमा राजनीतिमा निष्ठा, आदर्श र सिद्धान्तको कुरा गर्न जति सहज छ कार्यान्वयन असहज हुने भएकाले सही अभ्यास गरिनुपर्ने विज्ञप्तिमा भनिएको छ । हाल देशमा देखिएको आर्थिक समस्या समाधान गरी सुशासन दिने गरी सरकारले काम गर्नुपर्नेमा विज्ञप्तिमा जोड दिइएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया