Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकाठमाडौँ जिल्ला अदालतमा तीन जनाको बयान लिइँदै

काठमाडौँ जिल्ला अदालतमा तीन जनाको बयान लिइँदै


काठमाडौं । काठमाडौँ जिल्ला अदालतमा बिहीबार तीन प्रतिवादीको बयान लिन सुरु गरिएको बताइएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितमध्ये बिहीबार तीन जनाको बयान लिन सुरु गरिएको हो ।जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वसांसद आङ्टावा शेर्पा र अर्का एक शमशेर मियाँको बयान सुरु भएको जनाइएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादीको बयान यही जेठ १२ गतेदेखि काठमाडौँ जिल्ला अदालतमा लिन थालिएको हो । बुधबारसम्म १२ जना प्रतिवादीको बयान लिइसकिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री रायमाझी तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १७ जना पक्राउ परेका छन् । उक्त प्रकरणका आरोपितमध्ये १३ जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया