Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमन्दिरमा पूजा गरेर राजतन्त्र फर्किदैन : झलनाथ खनाल

मन्दिरमा पूजा गरेर राजतन्त्र फर्किदैन : झलनाथ खनाल


काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई मन्दिरमा पूजा गरेर राजतन्त्र फर्किने सपना नदेख्न झलनाथ खनालले चेतावनी दिएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले पूर्वराजाको गतिविधिबाट लोकतन्त्र कमजोर हुने स्थिति नरहेको बताए ।

इटहरी, धनगढी लगायतका ठाउँमा आयोजित नागरिक अभिनन्दनमा सहभागी भएर पूर्वराजा ज्ञानेन्द्र सार्वजनिक कार्यक्रममा सहभागी हुने र मन्तव्य दिने गर्दै आइरहेका छन् । राप्रपाको अध्यक्ष बन्नुस्, वा एउटा पार्टी खोल्नुस्, त्यो लोकतन्त्रको पाटो हो, मन्दिरमा पूजा गरेर राजतन्त्र फर्किंदैन’ खनालले राजालाई भनेका हुन् ।

खनालले गणतन्त्र आएको १५ वर्षका उपलब्धिहरुको समीक्षा हुन जरुरी रहेको पनि बताए । राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै खनालले ढोल र घण्टी अराजकताको संकेत भएको टिप्पणी गरे । खनालले नक्कली भूटानी शरणार्थी प्रकरणको अनुसन्धान बिथोलिए देशभर आन्दोलन हुने चेतावनी दिए । उनले अनुसन्धानलाई कुनै बहानामा रोक्ने प्रयास भए जनताले सहन नसक्ने पनि बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया