Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रधानमन्त्री प्रचण्ड उज्जैनमा

प्रधानमन्त्री प्रचण्ड उज्जैनमा


नयाँ दिल्ली । भारत भ्रमणमा लागि दिल्ली गएका प्रधानमन्त्री प्रचण्ड इन्दौरबाट उज्जैनका लागि प्रस्थान गरेका छन् । बिहान ११ बजेदेखि उज्जैनको महाकालेश्वर मन्दिरमा विशेष पूजा गर्नका लागि उनी त्यता जान लागेका हुन् । पूजापछि उनले महाकाल कोरिडोरको अवलोकन गर्नेछन् ।

१ बजे प्रधानमन्त्री प्रचण्ड इन्दौर फर्किएर मध्य प्रदेशका राज्यपाल मंगूभाई पटेलसँग शिष्टाचार भेट गरी इन्दौरको सॉलिड वेस्ट मैनेजमेंट सिस्टमको अवलोकन गर्ने कार्यक्रम रहेको छ । मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले साँझ ७ बजे उनको सम्मानमा दिने रात्रिभोजमा सहभागी हुनेछन् ।

शनिवार दिउँसो २ बजे प्रधानमन्त्री प्रचण्ड दिल्ली फिर्ता हुनेछन् र अपराह्न ४ः२० बजे काठमाडौँका लागि प्रस्थान गर्नेछन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया