Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएनसेलको पुँजीगत लाभकरको विवादको अन्त्य एकै दिन बुझायो १४ अर्ब ३३ करोड

एनसेलको पुँजीगत लाभकरको विवादको अन्त्य एकै दिन बुझायो १४ अर्ब ३३ करोड


काठमाण्डौं,वैशाख १

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको लामो समयदेखि देखिएको पुँजीगत लाभकरको एउटा विवाद अन्त्य भएको छ । एनसेलले आइतबार एकै दिन १४ अर्ब ३३ करोड ५६ लाख ५२ हजार पाँच सय ४६ रुपैयाँ ठूला करदाता कार्यालयमा जम्मा गरेको छ । आइतबार जम्मा गरेको उक्त रकमसहित एनसेलले आयकरबापतको २३ अर्ब ४३ करोड ५६ लाख ५२ हजार पाँच सय ४६ रुपैयाँ बुझाएको छ ।

एनसेलले आयकर ऐन २०५८ बमोजिम उक्त रकम बुझाएको हो । एनसेलले रकम बुझाएको कारण राजस्व संकलनमा ठूलो योगदान मिलेको छ । चैत महिनामा लकडाउनको कारण आर्थिक गतिविधि ठप्प हुँदा राजस्व संकलन चालू आर्थिक वर्षमै सबैभन्दा कमजोर
बनेको थियो ।

एनसेलले पुँजीगत लाभकरबापतको २२ अर्ब ४४ करोड ५३ लाख ९७ हजार नौ सय ५५ रुपैयाँमध्ये गत पुस १५ गते चार अर्ब ५० करोड रुपैयाँ र यही चैत १८ गते चार अर्ब ६० करोड रुपैयाँ ठूला करदाता कार्यालयमा जम्मा गरेको थियो । एनसेलले ब्याजसहित उक्त २३ अर्ब ४३ करोड ५६ लाख ५२ हजार पाँच सय ४६ रुपैयाँ बुझाएको हो ।

ठूला करदाता कार्यालयको गत मंसिर १९ गतेको निर्णयअनुसार एनसेलका नाममा निर्धारित भएको पुँजीगत लाभकरबापतको उक्त रकम ब्याजसहित सरकारी कोषमादाखिला भएको हो । पुँजीगत लाभकरबापतको रकम नबुझाउँदासम्म एनसेलको सिम बहिष्कार गर्ने आन्दोलन नै चलेको थियो ।

पुँजीगत लाभकारको विषयलाई लिएर विभिन्न समूहले एनसेलमाथि आक्रमण गर्दै आएको छ । कतिपयले अदालतको कारण एनसेलले कम रकम पुँजीगत लाभकार बुझाएको आरोप पनि लगाउने गरेका छन् । यद्यपि एनसेलले अदालतले तोकेअनुसार रकम बुझाएर कानुनलाई स्वीकार गरेको देखिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया