Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबालकृष्ण खाँणसहित हरिकृष्ण महर्जन र टेकनाथ रिजालको बयान जारी

बालकृष्ण खाँणसहित हरिकृष्ण महर्जन र टेकनाथ रिजालको बयान जारी


काठमाडौं । कांग्रेस नेता बालकृष्ण खाँणको जिल्ला अदालत, काठमाडौंमा बयान जारी छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने आरोपमा पक्राउ परेका खाँणसहित शरणार्थी अधिकारवादी नेता टेकनाथ रिजाल र हरिकृष्ण महर्जनको पनि बयान भइरहेको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले ३० जनालाई प्रतिवादी बनाएर राष्ट्रहित प्रतिकूल हुने कसूर, संगठित ठगी र कीर्तेमा मुद्दा दायर गरेको थियो । प्रकरणमा प्रहरीले १८ जनालाई पक्राउ गरेको मध्ये १५ जनाको बयान सकिइसकेको छ । आइतबारदेखि थुनछेक बहस हुँदैछ । बहसपछि आरोपीलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छाड्ने वा साधारण तारेखमा छाड्नेमध्ये एक आदेश हुनेछ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया