मिटरब्याजी पाण्डेलाई बैंकबाट विशेष कर्जा सुविधा !
काठमाडौं । स्रोत नखुलेको कालोधनको कारोबारबाट रातारात धनी बनेका रूपेश पाण्डेले बैंक तथा वित्तीय संस्थाबाट सेटिङमा करोडौँ रुपैयाँ कर्जा लिएर मिटरब्याजमा लगानी गर्नेगरेको पाइएको छ ।
वीरगञ्जमा पोके व्यापारीबाट व्यावसायिक यात्रा सुरु गरेका पाण्डेले प्रहरीको संरक्षणमा सारीलगायतको तस्करी गरेका थिए । अहिले देखावटीरूपमा न्युरोडमा जय अम्बे सारी सोरुम र दरबारमार्गमा इटालियन सामानको पसल दामिलानो खोलेर त्यसैलाई कन्ट्याक्ट प्वाइन्ट बनाएर मिटरब्याजको धन्दा चलाउँदै आएका छन् ।
पाण्डेले पछिल्लो समय बैंकका सीईओहरूलाई प्रभावमा पारेर कन्ट्याक्ट प्वाइन्टका रूपमा रहेका ती पसललाई देखाएर करोडौँ रुपैयाँ कर्जा लिएको बुझिएको छ । सेटिङमा कर्जा लिएको हुनाले किस्ता नतिर्दा समेत बैंकले पाण्डेलाई अरु व्यवसायीलाई जस्तो दबाबमूलक ताकेता गर्ने नगरेको थाहा भएको छ ।
पाण्डेको व्यवसाय देखावटी मात्र रहेको व्यवसायीहरू बताउँछन् । पाण्डेले व्यवसाय देखाएर बैंकबाट १२ प्रतिशत ब्याजमा कर्जा लिएको रकम व्यवसायमा लगानी नगरी मिटरब्याजमा लगानी गरेर पछिल्लो समय धेरै व्यवसायीहरूलाई दुःख दिइरहेको बताइएको छ ।
तरलताको अभाव देखाएर बैंकहरूले सर्वसाधारण व्यवसायीहरूलाई कर्जा दिन आनाकानी र कर्जा लिएकालाई तारन्तारको ताकेता गरे पनि मिटरब्याजी पाण्डेलाई चाहिँ त्यसो नगरेर विशेष सुविधा प्रदान गर्नेगरेको बुझिएको छ । पाण्डेले एउटा बैंकका सीईओसँग कुरा नमिल्नेबित्तिकै सजिलै अर्को बैंकमा कर्जा सार्ने गरेका छन् । मिटरब्याजी पाण्डेले बैंकहरूबाट पाएको विशेष कर्जाको सुविधा पनि शंकाको घेराभित्र तानिन पुगेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया