चोरी भएको २८ वर्षपछि बज्रधर मूर्ति भित्र्याइयो
काठमाडौं । जिल्लाको भीमेश्वर नगरपालिका–२ को प्राचीन नगरी दोलखाबाट २८ वर्षअघि चोरी भएको बज्रधर मूर्ति फेला पारी भित्र्याइएको छ । दोलखा कोर्छे टोलबाट हराएको उक्त मूर्तिलाई २८ वर्षपछि पूजा तथा वैदिक विधिविधान गरी श्रेष्ठ परिवारको कुलायनमा शुक्रबार भित्र्याइएको हो ।
चोरी भएको मूर्ति हङकङमा भेटिएको थियो । हङकङबाट उक्त मूर्ति नेपालमा ल्याई छाउनी म्युजियममा राखिएको थियो । छाउनी म्युजियमबाट बुझी दोलखा ल्याइएको मूर्तिलाई स्थानीयले बाजागाजासहित बजार परिक्रमा गराएर कोर्छेमी टोलको कुलायनमा भित्र्याएका हुन् । भित्र्याउनुअघि मूर्तिलाई गाईको दूधले नुहाएर श्रीपेच पहिराइएको थियो । यो कोर्छेमी (राज) श्रेष्ठ खलकको मूर्ति हो ।
२०५२ साल भदौ १४ गते यो मूर्ति हराएको थियो । स्थानीय डाक्टर सुनिल मास्केका अनुसार गत वर्ष यो मूर्ति हङकङस्थित अन्तर्राष्ट्रिय आर्ट डिलर रोप्सी एन्ड रोप्सीसँग रहेको भनी सम्पदा खोजको अभियान लस्ट आर्ट अफ नेपालले सूचना बाहिर ल्याएको हो । मूर्ति फर्काउन पहल गर्दै आएकी प्राडा एमिलिन स्मिथले यसको उत्पत्ति पहिचानमा प्रामाणिकता देखाएपछि संकलक आर्ट डिलर रोप्सी एन्ड रोप्सीले हस्तान्तरण समारोह आयोजना गरी हङकङस्थित नेपाली महावाणिज्य दूतलाई मूर्ति हस्तान्तरण गरेको थियो ।
नेपाली महावाणिज्य दूतबाट छाउनीको म्युजियममा ल्याइएको थियो । म्युजियमले श्रेष्ठ परिवारलाई बुझाएपछि मूर्ति दोलखा ल्याइएको हो । बज्रधरको ३७ इन्च अग्लो यो मूर्ति दोलखाका राजा उजोत देवको पालामा बनाइएको हो । हरेक वर्षको इन्द्रजात्रामा पाँच दिनसम्म पूजाआजा गरी यो मूर्ति देखाउने गरिन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया