राष्ट्र विरोधी अपराधमा संलग्न व्यक्तिलाई कारबाही गर्नुपर्छ : महेश बर्तौला
काठमाडौं । राष्ट्रिपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालले भारतका अगाडि घुँडा टेके भनेर नेकपा एमालेका महेश बर्तौलाले आरोप लगाएका छन् । उनले यस्तो राष्ट्र विरोधी अपराधमा संलग्न भएका व्यक्तिलाई कारबाही गर्नुपर्ने बताए ।
भारत भ्रमणका लागि जानु केही क्षण अगाडीमात्र नागरिकता ऐन जारी भएकाले प्रधानमन्त्री र राष्ट्रपतिले कसका अगाडि घुँडा टेके भन्ने प्रष्टै भएको उनको भनाइ छ । उनले केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला नेपालको कालापानी, लिपुलेक र लिम्पीयाधुरा समेटेर नेपालको नक्सा जारी भएको र सो नक्सालाई संविधानको अंगको रुपमा समावेश गरिएको उल्लेख गरे ।
उनले भने, ‘नेपालको सरकार वा प्रधानमन्त्रीलाई नेपालको कुनै पनि भुभाग अन्य कुनै मुलुकलाई दान दिने वा सट्टापट्टा गर्ने अधिकार छैन र मन्त्री परिषद स्वयंले समेत यस्तो अधिकार प्रचण्डलाई दिएको भन्ने कुरा सार्वजनिक भएको थिएन ।’
उनले प्रधानमन्त्री प्रचण्डले भारत भुमिमा रहेको अवस्थामा एकतर्फि रुपमा नेपालको भुभाग माथीको दावि छाड्ने अभिव्यक्ति दिनु भनेको मुलुकप्रतिको गद्दारी भएको टिप्पणी गरे ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया