Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविभिन्न देशका लागि राष्ट्रपतिद्वारा राजदूत नियुक्त

विभिन्न देशका लागि राष्ट्रपतिद्वारा राजदूत नियुक्त


काठमाडौं । नेपालको संविधानबमोजिम विभिन्न मुलुकका लागि राष्ट्रपति रामचन्द्र पौडेलले राजदूत नियुक्त गरेका छन् । राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत राष्ट्रपतिले विभिन्न देशका लागि छ आवासीय राजदूत तथा गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेको जनाएको छ ।

नवनियुक्त आवासीय राजदूतमा मलेसियाका लागि डिल्लीराज पौडेल, ब्राजिलका लागि निर्मलराज काफ्ले, भरतकुमार रेग्मी अष्ट्रिया, मिलनराज तुलाधार रुसी महासङ्घ, प्रा. डा. राम स्वार्थ राय डेनमार्क र सुशीलकुमार लम्साल इजिप्ट रहेका छन् ।

राष्ट्रपति कार्यालयका अनुसार उल्लेखित राजदूत क्रमशः पौडेललाई ब्रुनाई दारुसलाम, काफ्लेलाई गणतन्त्र चिलि, रेग्मीलाई क्रोएसिया, तुलाधारलाई गणतन्त्र काजखस्तान, रायलाई लितुआनिया र लम्साललाई प्रजातान्त्रिक जनगणतन्त्र अल्जेरियाका लागि गैरआवासीय राजदूतको जिम्मेवारी दिइएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया