Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रधानमन्त्रीद्वारा श्रद्धाञ्जली अर्पण

प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जली अर्पण


काठमाडौं । सवारी दुर्घटनामा निधन भएकी उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काकी माइली भाइबुहारी डा. सञ्जु खाती खड्काप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

मंगलबार बिहान प्रधानमन्त्री दाहालले उपप्रधानमन्त्री खड्काको सुर्खेतस्थित निवासमा पुगेर उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना पनि प्रकट गरेका छन् । यसैगरी, उप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि स्व. खड्काप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

यही जेठ १६ गते बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै खड्का सवार कारलाई बसले ठक्कर दिँदा उनको निधन भएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया