Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसुजनले ३९ जनाबाट ४ करोड रुपैयाँ ठगी गरेको सार्वजनिक

सुजनले ३९ जनाबाट ४ करोड रुपैयाँ ठगी गरेको सार्वजनिक


काठमाडौँ । हिरा लुटपाटमा संलग्न भन्दै चर्चामा आएका पत्रकार सुजन आचार्य यतिबेला अर्को ठगी काण्डमा मुछिएका छन् । सिंगापुरमा आफ्नो कम्पनी रहेको र सो कम्पनीमा काममा लगाइदिने भन्दै सुजनले ३९ जनाबाट ४ करोड रुपैयाँ ठगी गरेको सार्वजनिक भएको छ ।

चर्चा र विवादमा मुछिएका आचार्यले सिंगापुरमा आफ्नो कम्पनी रहेको र त्यहाँ काममा लगाइदिने भन्दै विभिन्न युवाहरुबाट ४ करोडभन्दा बढी रकम ठगी गरेको भन्दै उजुरी परेको थियो । आचार्य दुई पटक प्रहरी हिरासत र जेल पुगिसकेका छन् । उनी हिरा लुटपाट प्रकरणमा २३ महिना जेल बसेर छुटेका हुन् । तर आचार्यलाई अदालतले दोषी करार नगरी सफाइ दिने र धरौटीमा छाडिदिने गर्दा उनले फेरि ४ करोड रुपैयाँ ठगी गर्ने मौका पाएका हुन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया