Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकालीकोटमा ग३च ४६१० नम्बरको जिप दुर्घटना

कालीकोटमा ग३च ४६१० नम्बरको जिप दुर्घटना


काठमाडौं । कालीकोटमा ग३च ४६१० नम्बरको जिप रास्कोट नगरपालिकाबाट मान्मा जाँदै गर्दा रास्कोटकै सेरा बसपार्क नजिकै दुर्घटना भएको छ । जिप दुर्घटना हुँदा २ जनाको मृत्यु र एक जना गम्भीर घाइते भएका छन् ।

जीप मोड्ने क्रममा दुर्घटना भएको जानकरी आए पनि थप अनुसन्धान भइरहेको डिएसपी जयश्वर रिमालले बताए । जिप सडकबाट करिब ३०० मिटर तल खसेको छ । जिपमा तीन जना सवार मध्ये एक जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा ४३ वर्षीय मनबहादुर शाही र ३६ वर्षीया मनकुमारी शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका डीएसपी रिमालले जानकारी दिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया