Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्र बैंकद्वारा सरकारी खाता अद्यावधिक गर्न निर्देशन

राष्ट्र बैंकद्वारा सरकारी खाता अद्यावधिक गर्न निर्देशन


काठमाण्डौं,वैशाख ३

नेपाल राष्ट्र बैंकले सरकारी खाताहरु अद्यावधिक गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले मंगलबार सञ्चालनमा रहेका २७ वटै वाणिज्य बैंकहरुमध्ये सरकारी कारोबार गर्न अनुुमति प्राप्त बैंकहरुको नाउँमा परिपत्र जारी गर्दै खाता अद्यावधिक गर्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकले वि.सं. २०७६ असोज १७ गतेदेखि लागू हुने गरी जारी गरेको सरकारी कारोबार निर्देशिका २०७६ ले निर्दिष्ट गरेबमोजिम बैंकहरुमा सञ्चालनमा रहेका संंघीय सरकार, प्रदेश सरकार तथा स्थानीय तहका विभिन्न समूहका खाताहरु अद्यावधिक गर्न वि.सं. २०७६ पुस २७ गते परिपत्र जारी गरेको थियो ।

तर हालसम्म पनि उक्त खाताहरु अद्यावधिक गरी कार्यान्वयन गरेको नदेखिएकाले राष्ट्र बैंकबाट सरकारी कारोबार गर्न अनुुमति पाएका बैंकहरुले विभिन्न तहका सरकारी खाताहरु उक्त निर्देशिका बमोजिम अद्यावधिक गर्नुपर्ने परिपत्रमा उल्लेख छ ।

यसरी खाताहरु अद्यावधिक भए नभएको जानकारी सम्वन्धी राष्ट्र बैंक अथवा महालेखा नियन्त्रकको कार्यालयललाई जानकारी दिनुुपर्नेछ । राष्ट्र बैंकका अनुसार २०७६ चैत २७ गतेको पत्र अनुुसार १० कार्यादिन भित्र खाता अद्यावधिक गरिसक्नुुपर्ने छ ।

यस अन्र्तगत प्रदेश सरकार अन्र्तगतका खाताहरुमा राजस्व अनुुसन्धान तथा प्राप्ति खाता, वित्तीय प्राप्ति आम्दानी खाता, सेयर विक्ती प्राप्ति खाता ऋण सावाँ प्राप्ति खाता, आन्तरिक ऋण प्राप्ति खाता, बैदेशिक ऋण प्राप्ति खाता रहेकाछन । यसैगरी निकासा खर्च खाता, सञ्चित कोष मिलान खाता आदि रहेकाछन ।

प्रदेश खर्च तथा कोष खाताअन्तर्गत बजेट खर्च खाता बिजोर वर्ष, बजेट खर्च खाता जोर वर्ष र धरौटी खाता रहेका छन् । यसैगरी विशेष ऋण खाता, विशेष अनुुदान खाता, विविध खाता अद्यावधिक गर्नुपर्ने छ । यसैरी आकस्मिक कोष खाताअन्तर्गत प्रदेश आकस्मिक कोष खाता, प्रकोप व्यवस्थापन खाता पनि अद्यावधिक गर्नुुपर्नेछ ।

विभाज्य कोष खाता र हिसाव मिलान खाता पनि मिलान गर्नुुपर्नेछ । स्थानीय तह खाताअन्तर्गत भने स्थानीय तह राजस्व खाता, आन्तरिक राजस्व खाता, बाँडफाँट प्राप्त राजस्व खाता, आन्तरिक अनुुदान खाता, वित्तीय व्यवस्था तथा ऋण खाता आदि पनि अद्यावधिक गर्नुुपर्ने छ । यसैबीच राष्ट्र बैंकले वैशाख २ गते मंगलबार वित्तीय प्रणालीमा एक अर्ब ९५ करोड १२ लाख रुपैयाँ बराबरको संस्थागत निक्षेप राखेको छ । राष्ट्र बैैंकका अनुसार आफ्नो विभिन्न कोषमा रहेको तीन सय ६६ दिने मुुद्दती निक्षेपको रुपमा वि.सं. २०७७ वैशाख २ गतेदेखि वि.सं. २०७८ वैशाख १ गतेसम्मको लागि राखिएको हो ।

मासिकरुपमा ब्याज भुक्तानी हुुने यो निक्षेप राख्नको लागि राष्ट्र बैंकले यही चैत १९ गतेसम्म आफ्नो संस्थाले संस्थागत निक्षेपको रुपमा राख्न चाहेको रकम र दिन चाहेको ब्याज समेत तोकेर आवेदन दिन आह्वान गरेको थियो । सोअनुुरुप सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी २४ वटा विकास बैंक र २२ वटा फाइनान्स कम्पनीहरुले रकम लगानीको लागि प्रस्ताव पेस गर्न सक्ने व्यवस्था रहेको थियो । राष्ट्र बैंकका अनुसार लगानीको लागि छुट्याइएको कुुल रकममध्ये वाणिज्य बैंकहरुको लागि एक अर्ब ५६ करोड ११ लाख छुुट्याइएको थियो । यसबाहेक विकास बैंकहरुको लागि २९ करोड २६ लाख र फाइनान्स कम्पनीहरुको लागि नौ करोड ७५ लाख रुपैयाँ छुुट्याइएको थियो ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया