काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले धितोपत्र दलाल व्यवसायी (सेयर ब्रोकर कम्पनी)को संख्या ९३ पु-याउने बताएका छन् । बोर्डको ३१औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष हमालले अबको दुई महिनाभित्र नयाँ र पुराना समेत गरी ब्रोकर कम्पनीको संख्या ९३ पु-याउने बताएका हुन् । पछिल्लो पटक अनुमति पाएका १८ वटा समेत गरी नेपालमा हाल ६८ वटा ब्रोकर कम्पनीहरू रहेका छन् ।
बोर्डले २०७९ असोज २ गते ३० दिनको अवधि तोकेर धितोपत्र दलाल व्यवसायीको लाइसेन्सका लागि आवेदन माग गरेको र सोअनुसार ४५ कम्पनीले आवेदन दिएका थिए । बोर्डले धितोपत्र व्यापारीको लाइसेन्सको लागि न्यूनतम चुक्ता पुँजी एक अर्ब ५० करोड तोकेको छ भने पूर्ण कारोबार गर्ने धितोपत्र दलालको लागि ६० करोड र सीमित कार्य गर्ने धितोपत्र दलाल व्यवसायीको लागि २० करोड रुपैयाँ तोकेको छ ।
चुक्ता पुँजी, ब्रोकर कम्पनीको लागि आवश्यक पूर्वाधार, कागजपत्र पुगेका कम्पनीहरूलाई बोर्डले अनुमति दिँदै जाने नीति लिएको भन्दै हमालले आगामी दुई महिनाभित्र ब्रोकर कम्पनीको संख्या ९३ पु-याउने बताएका हुन् । बोर्डले नयाँ ब्रोकर कम्पनीहरूको लागि आवेदन दिएकामध्येबाट ४३ वटालाई आसयपत्र दिएको थियो । त्यसमध्येबाट पहिलो चरणमा सात र दोस्रो चरणमा ११ वटा गरी कुल १८ वटा कम्पनीलाई ब्रोकर लाइसेन्स दिइसकेको छ । ब्रोकर कम्पनीहरूलाई कारोबार सञ्चालनको लागि अनुमति दिइसकेको छ ।
अध्यक्ष हमालले नयाँ ब्रोकर कम्पनीहरूको आगमनबाट धितोपत्रको दोस्रो बजार कारोबारमा सहयोग पुग्ने विश्वास रहेको बताए । उनले अर्थ मन्त्रालयको सहयोग रहे आगामी आर्थिक वर्षमा वस्तु विनिमय बजारको पनि कारोबार सुरु हुनेगरी तयारी भइरहेको जानकारी दिए ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- (एमसीसी)की प्रमुख कार्यकारी अधिकृत सिइओ अलब्राइट काठमाडौंमा
- यही हो त प्रहरीको जनसेवा ?
- पशुपतिनाथ जलहरी प्रकरण सदस्यसचिव थापासहित तीन जनाविरुद्ध मुद्दा
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया