Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रतिनिधिसभा बैठकमा एमालेको विरोध

प्रतिनिधिसभा बैठकमा एमालेको विरोध


काठमाडौं । शुक्रबारको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले विरोध जनाएको छ । एमालेले कोशी प्रदेशसभाका संसदीय दलका उपनेता राम रानामाथि बिहीबार इलाममा आक्रमण भएको घटनालाई लिएर विरोध जनाएको हो ।

शुक्रबारको बैठक शुरु हुने वित्तिकै एमालेका सांसदले आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले सांसद योगेशकुमार भट्टराईलाई समय दिएका थिए ।

सांसद भट्टराईले २०७९ फागुन १७ गते प्रदेशसभाबाट दुई तिहाइभन्दा बढी मतबाट कोशी प्रदेशको नामकरण भएको सन्दर्भमा असहमति भए पनि लोकतान्त्रिक विधिबाट भएको निर्णयलाई पालना गर्नुका साटो पटक(पटक अवाञ्छित घटना हुन थालेको बताए ।

प्रदेशको नामकरण भएको विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई झापामा ढुङ्गामुढा गर्ने, ुएम्बुसु थाप्ने र अवरोध सिर्जना गर्नेजस्ता कार्य भएको सांसद भट्टराईले बताए ।

उनले उदयपुरमा कोशी प्रदेशका उप(सभामुख सिर्जना दनुवारको गाडीमाथि हमला भएको घटना पनि स्मरण गराए । साथै प्रदेशको नामकरण सम्बन्धमा विराटनगरमा निधन भएका एक प्रदर्शनकारीको निधनको घटनाबारे पनि गृहमन्त्रीको जवाफ माग गरे । गृहमन्त्री नारायाणकाजी श्रेष्ठले उक्त प्रश्नको जवाफ दिएका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया