भारतबाट १०० रुपैयाँभन्दा बढीको सामान नेपाल ल्याए भन्सार तिर्नुपर्ने
काठमाडौं । नेपाल सरकारले सीमानाका भारतीय बजारबाट किनमेल गरेर नेपाल भित्र्याइने सामानमा भन्सार लगाउने भएको छ । नयाँ भन्सारको यात्रु सम्बन्ध सुविधाको नियमसँगै अब भारतीय बजारमा नेपालीले किनमेल गर्दा एक सय रुपैयाँ भन्दा बढी मूल्यको वस्तुमा भन्सार लाग्ने बताइएको छ ।
यस्तो नियमले सीमा क्षेत्रका नेपाली बजारलाई राहत मिल्ने भन्सार विभागको दाबी छ । १५ जेठमा परिस्कृत रुपमा अर्थ मन्त्रालयले प्रकाशित गरेको यात्रुको भन्सार सुविधाअन्तरगत यस्तो नियम आएको भन्सार विभागले जनाएको छ । विभाग अन्तरगतका मातहत कार्यालयहरुले भने एक सय रुपैयाँसम्मका वस्तुहरु ल्याउन दिने तर सो भन्दा बढीको वस्तुमा भन्सार लाग्ने भन्दै सूचना जारी गरेका छन् ।
स्थलमार्गका सर्वसाधारणलाई हवाई यात्रुले ल्याउन पाउने यात्रु सुविधाका वस्तुहरुको कुनै पनि सुविधा छैन । तर, भारतीय सेनामा काम गर्ने सैनिक अधिकारी, भारत र चीनमा पढ्न जाने विद्यार्थीलाई भने कम्प्युटर र ल्यापटप ल्याउन भने सुविधा दिइएको छ । यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने मालवस्तु जाँच पास सम्बन्धी संशोधनको ५ नम्बर बुँदामा यस्तो व्यवस्था गरिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया