घरजग्गा किनबेच सहजीकरण र ऋण मिलाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ
काठमाडौं । प्रहरीले एक जना युवकलाई घरजग्गा किनबेच सहजीकरण र ऋण मिलाइदिने भन्दै ठगेको आरोपमा पक्राउ गरेको छ । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-११ का २७ वर्षीय रामचन्द्र चालिसेलाई लाखौं रकम ठगेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार पक्राउ गरेको एसपी सिताराम रिजालले बताए ।
वास्तविक नाम रामचन्द्र भए पनि उनले आफूलाई अरू नै विभिन्न नामबाट चिनाउँथे। नकुल चालिसे, आकाश भट्टराई र आर.एन क्षेत्री भनेर पनि उनले ग्राहकलाई चिनाउने गरेको अनुसन्धानबाट खुल्न आएको छ। ठगी गरेको पैसाले उनी काठमाडौंका महँगा होटलहरूमा खाने बस्ने गर्दा रहेछन् ।
२०७९ फागुन ४ गते बनाएको उक्त पेजमा ऋण, घर, जग्गा चाहिएमा सहयोग गर्ने उल्लेख छ। आफैंले चलाउने फेसबुक पेज देखेर कतिपय ग्राहकले त्यसैमा ऋण/घर/जग्गा चाहियो भन्दै मेसेज गर्थे। कसैसँग कुरा भाइहाले पनि उनी ती ग्राहकलाई कुनै क्याफे वा रेस्टुरेन्टमा बोलाएर कुराकानी गर्थे । यसरी सेवा दिनको लागि उनलाई कार्यालय पनि खोल्नु परेन, कर्मचारी पनि राख्नु परेन । फेसबुकमा एउटा पेज बनाएर घर जग्गाको कारोबार गर्ने, ऋणको व्यवस्था गर्ने गर्दा रहेछन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया