Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआवश्यक पर्ने स्यानिटाइजर र फेस शिल्ड स्थानीयस्तरमा उत्पादन गर्दै गाउँपालिका

आवश्यक पर्ने स्यानिटाइजर र फेस शिल्ड स्थानीयस्तरमा उत्पादन गर्दै गाउँपालिका


सोलुखुम्वु,वैशाख ३

सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले आफैँले स्यानिटाइजर उत्पादन गरेको छ । बजारमा स्यानिटाइजरको अभाव भइरहेको समयमा गाउँपालिका आफैँले स्यानिटाइजर उत्पादन गरेको हो ।

अहिले गाउँपालिकाभित्रका स्वास्थ्य चौकी, अस्पताल तथा हेल्थ डेक्समा गाउँपालिकामा नै उत्पादित स्यानिटाइजरको प्रयोग गरिएको गाउँपालिका स्वास्थ्य संयोजक हरिप्रसाद आचार्यले जानकारी दिए ।

बजारमा अभाव भइरहेको समयमा आफ्ना लागि आफैँले उत्पादन गरिएको उनको भनाइ थियो । गाउँपालिकाभित्रका स्वास्थ्य चौकीमा प्रयोग गर्ने पुग्ने स्यानिटाइजर उत्पादन गरिएको गाउँपालिकाले जनाएको छ । स्यानिटाइजर बनाउनका लागि ग्लीस्रीन र मिथाइल स्प्रिडको प्रयोग गरिएको आचार्यको भनाइ छ ।

स्प्रिड ३ भाग र १ भाग ग्लीस्रीन मिसाएर स्यानिटाइज बनाइएको हो । अहिले गाउँपालिकाले १० लिटर स्योनिटाइजर निर्माण गरेको गाउँपालकाले जनाएको छ । अहिले गाउँपालिकाभित्रका स्वास्थ्य चौकीमा स्थानीयस्तरमै तयार पारिएको स्यानिटाइजर प्रयोग भइरहेको छ । अहिले पनि स्प्रिड र ग्लिीस्रीन ल्याइएकाले बाहिर बाट खरिद गर्नु पर्ने अवस्था नरहने आचार्यको भनाई छ ।

अभाव भएको खण्डमा पुनः स्यानिटाइजर निर्माणका लागि सामग्री तयारी अवस्थामा रेहेको गाउँपालिकाले जनाएको छ । साथै गाउँपालिकाले स्वास्थ्यकर्मीले प्रयोग गर्ने फेस शिल्ड पनि उत्पादन गरेको छ । कोरोनाको शंका लागेका व्यक्तिहरूको चेकजाँच गर्नका लागि प्रयोग गरिने फेस शिल्ड उत्पादन गरिएको हो । गाउँपालिकामा स्वास्थ्यकर्मी र जनप्रतिनिधिले स्थानीयस्तरमा सामग्री प्रयोग गरेर फेस शिल्ड उत्पादन गरिएको गाउँपालिका स्वास्थ्य शाखा संयोजक आचार्यले बताए ।

लकडाउनको समयमा सामग्री खरिद र ढुवानी समस्या आइरहेको समयमा प्लाष्टिक, प्रिफर्म र टेपको सहायताबाट स्थानीयस्तरमै फेस शिल्ड उतपादन गरेको स्वास्थ्य शाखा संयोजक आचार्यको भनाइ छ ।

तत्कालको लागि एक सय थान उत्पादन गरिएको र उत्पादित फेस शिल्ड गाउँपालिकाभित्रका स्वास्थ्यकर्मीलाई वितरण गरिने उनको भनाइ छ । फेस शिल्ड उत्पादनमा गाउँपालिका अध्यक्ष सागर किराँतीसमेत खटिएका थिए । फेस शिल्ड बनाउने तरिका युट्युबमा हेरिएको र सोहीअनुसार गाउँपालिकामा आवश्यक पर्ने फेस शिल्ड उत्पादन गरिएको गाउँपालिकाले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया