Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘निःशुल्क भोजनको व्यवस्थामा नगरपालिकाको पूर्र्णरूपमा सहयोग छ’

‘निःशुल्क भोजनको व्यवस्थामा नगरपालिकाको पूर्र्णरूपमा सहयोग छ’


भक्तपुर,बैशाख ९
यसैबीच भक्तपुरको मध्यपुर थिमी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले बर्गर हाउसको सक्रियतामा भएको निःशुल्क भोजनको व्यवस्थामा नगरपालिको पूर्णरूपमा साथ र सहयोग रहेको बताएका छन् ।

‘सिंगो मानव समुदाय नै पीडामा रहेको यो अवस्थामा सुनिल बज्राचार्य, बसन्त लामा, दिपक बोहोरा, भक्त कासिछवा सहितको टोलीले निकै नै राम्रो काम गरेको छ’, मेयर श्रेष्ठले भने, ‘वैशाख सात गतेबाट यहाँ निःशुल्क भोजनको व्यवस्था गरेका हौं, सुरुको दिनमा घाममा बसेर खानुु प¥यो भनेर दोस्रो दिनदेखि हामीले टेन्टको व्यवस्था गरिदियौँ, त्यस वरिपरिको क्षेत्रलाई किटाणुरहित बनाउन औषधि छरिदियौं, खानापछि हात धुुनको लागि साबुुन पानीको व्यवस्था गरिदियौँ । खाना खान आउने सबैको ज्वरो नाप्नको लागि थर्मल गर्नको व्यवस्था गरेका छौँ ।’ भोजनपछि खेर जाने वस्तुुको उचित व्यवस्थापनको लागि नगरपालिकाकै कर्मचारी खटाएको उनले बताए ।

‘सुरुको दिनमा दैनिक दुुई सयको संख्यामा सर्वसाधारणहरूले भोज गरे, दोस्रो दिन यो संंख्या बढेको छ । अब बाँकी दिन पनि यसैगरी भोजन गर्नेहरूको संख्या बढ्यो भने बर्गहरू हाउसको व्यवस्थापन खर्चले मात्र नपुुग्न सक्छ, त्यो अवस्थामा भने नगरपालिकाले भोजनको लागि आउने सबैलाई निःशुल्क भोजनको व्यवस्था गर्छ’, उनले भने, ‘अहिले पनि हामीले भोजनको लागि खाद्यान्नको सहयोग गर्छो, भनेका छौँ, तर भोजनको व्यवस्थापनमा अहिले जो खटिरहेका छन्, उनीहरूलाई अहिले यहीबाट पुुग्छ भनेकाले खाद्यान्न नपठाएका हौं, यदि उहाँहरूको क्षमताले भ्याएन भने यसको लागि हामी सहयोगको लागि पूर्णरूपमा तयारीमा छौँ ।’ आफ्नो कार्यक्षेत्रभित्र पर्ने कुुनै पनि क्षेत्रमा कोही भोको नरहुुन भनेर आफ्नो नगरपालिकालले स्रोत, साधन र क्षमताले भ्याएसम्म सहयोग गरेको र आगामी समय पनि यो सहयोगलाई निरन्तता दिने उनको भनाइ छ ।

‘विश्वव्यापी महामारीकोरूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)बाट तपाई हामी सबै नै पीडामा छौँ, यो पीडामा एकले अर्कालाई मल्हम लगाउने हो, सहयोग गर्ने हो, कोरोनाविरुद्धको लडाइँ जुुनसुुकै हालतमा पनि हामीले जित्नै पर्छ, त्यसकारण तपाइँहरू सरकारले घोषणा गरेको लकडाउनको पूर्णरूपमा पालना गर्नुुहोस्, सामाजिक दूरी कायम गर्नुुहोस्, कोरानाबाट बच्नको लागि गर्नुुपर्ने आवश्यक सबै कार्य र सावधानी अपनाउनुुहोस्, त्यसको लागि हामी तपाईंहरूको साथमा छौँ’, मेयर श्रेष्ठले भने ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया